२०८३ भाद्र ८ गते सोमवार

दाङको बबई –७ देउतीका स्थानीयले मतदान बहिस्कार गरे

रित्ता मतपेटी बोकेर फर्किए कर्मचारी

तुलसीपुर, फागुन २१ । बस्ती स्थान्तरणको माग राख्दै आन्दोलनरत बाँके राष्ट्रिय निकुञ्ज पीडित दाङ मध्यवर्ती क्षेत्रका बासिन्दाले मतदान बहिस्कार गरेका छन् ।


दाङको बबई गाउँपालिका –७ देउती माद्यामिक विद्यालय तल्लो मलै मतदान केन्द्रमा एक जना स्थानीयपनि मतदान गर्न आएनन् । उनीहरुले फागुन २१ गतेको प्रतिनिधिसभा सदस्य पदको निर्वाचन बहिस्कार गरेका छन् ।

त्यस्तै बबई – १ जनता आधारभूत बिद्यालय जिला मतदान केन्द्रमा जम्मा १० जना स्थानीयले मात्रै मतदान गरेका छन् ।

दाङ क्षेत्र नं. ३ अन्तरगत पर्ने यी बस्तिमा वन्य जन्तुका कारण स्थानीयले आँफुहरुलाई अनेत्र स्थान्तरणको माग गर्दै आएका थिए ।


बबई – ७ मलै केन्द्रमा ५३० जना मतदाता रहेपनि एकजना पनि मतदान गर्न नआएको हुँदा आँफुहरु रित्ता मतपेटी बोकेर फर्किनु परेको त्यहाँका मतदान अधिकृत टेकबहादुर खड्काले फरककोणलाई बताए ।

निर्वाचन अधिकृत खड्काले स्थानीय कोहीपनि मतदान गर्न नआएको भएपनि चार जना कर्मचारी आँफैले समानुपातिक तर्फको मतदान गरेको जानकारी दिए ।

यो निर्वाचन क्षेत्रमा ६ जना कर्मचारी र ९ जना सुरक्षाकर्मी निर्वाचन गराउनका लागि फागुन १८ गते खटाइएको थिए । सुरक्षाकर्मी नौं जना मध्य ३ जना नेपाल प्रहरी र ६ जना निर्वाचन प्रहरी थिए ।

त्यस्तै बबई – १ जनता आधारभूत बिद्यालय जिला मतदान केन्द्रका निर्वाचन अधिकृत चिरिञ्जीबी खड्काका अनुसार ६८२ मतदाता रहेको त्यो मतदान केन्द्रमा जम्मा १० जनाले मात्रै मतदान गरेका छन् । ती बाहेक थप ६ जना कर्मचारीले समानुपातिक तर्फको मतादान गरेको निर्वाचन अधिकृत खड्काले जानकारी दिए ।

मलै निकुञ्ज पीडित संघर्ष समितिका सचिव रोबर घर्तीले कसैले पनि आँफुहरुका कुरा नसुनेको हुँदा निर्वाचन बहिस्कार गरेको फरककोणलाई बताए ।


वन्य जन्तुबाट आजित आँफुले बस्ति स्थान्तरणको लागि पटक पटक आग्रह गरेको भएपनि कसैले नसुन्दा आँफुहरुले राज्य बिहिनताको महसुश गरि यो पटक मतदान गर्न नजाने निर्णय गरेको उनले बताए ।


‘ हामीले यसअघि पटक / पटक मतदान गरेका हौं ,’ उनले भने ‘ तर, जस्लाई जिताएर पठाए पनि हाम्रो कुरा कसैले सुनेनन् । त्यसैले यो पटक निर्वाचन बहिस्कार गर्ने निर्णय गर्न बाध्य भयौं ।’
वरिपरी पहाड र बीचमा गाउँ रहेको मलै दाङको कर्णाली उपमाले चिन्ने गरिन्छ । यो वडाबासी सरकारी सेवा लिन अर्थात वडा कार्यालय चरकमटिया पुग्न सात / आठ किलोमिटर हिड्नु पर्ने बाध्यता रहेको घर्तीले गुनासो गरे ।


‘साँझ बिहान बाघ बासी रहन्छ,’ उनले भने ‘ राज्यले हजारौं बाघ पालोस तर हामी सुरक्षित हुन पाउनु पर्छ भन्ने हाम्रो प्रमुख माग हो ।’ उनले मलै लगाएत मध्य बर्ती क्षेत्रका स्थानीयलाई अनेत्र कतै स्थान्तरण गर्नुपर्ने माग गरे ।

प्रकाशित मिति : २०८२ फाल्गुन २१ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *