तुलसीपुर, माघ २५ । तुलसीपुर उपमहानगरपालिका १० गोलौरीमा सञ्चालित आचार्यकुलम दाङले आफ्नो दोस्रो वार्षिक उत्सब मनाएको छ ।
शिक्षा, योग, संस्कार र संस्कृती अध्ययनलाई संगै अघि बढाउँदै समाज रूपान्तरणको अभियानमा जुटेको आचार्यकुलमले आफ्नो भावि योजना र सामाजिक प्रतिबद्धता सार्वजनिक गरेको छ।
आचार्यकुलम दाङका अध्यक्ष दीपक बस्यालको अध्यक्षता र साध्वी देव कृपाको प्रमुख आथित्यमा कार्यक्रम भएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेश प्रभारी प्रेम शाह, पतञ्जली योग समिति नेपालका आजीवन सदस्य उत्तमकुमार श्रेष्ठ लगायतले मावन जीवनमा शिक्षा, योग, संस्कार र संस्कृती अध्ययनको महत्व बारे प्रकाश पारेका थिए ।
कार्यक्रमको सहजीकरण दुर्गाप्रसाद भण्डारीले गरेका थिए ।
भविश्यमा नयाँ भवन निर्माण गर्ने, विद्यालयमा करिब पाँच सय विद्यार्थी अध्ययन गर्न सक्ने क्षमताको संरचना विस्तार गर्ने तथा विद्यार्थीको सहजताका लागि यातायात सेवा थप गर्ने दीर्घकालीन योजना विद्यालय परिवारले सार्वजनिक गरेको छ ।