२०८३ भाद्र ९ गते मङ्गलवार

नेकपाले दाङको १ मा मेटमणि, २ मा निर्मल र ३ मा धनबहादुरलाई टिकेट दियो

दाङ, माघ ४ । दाङका तीन वटै क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीले उम्मेदवारको टुँगो लगाएको छ ।


दाङको क्षेत्र नं. १ मा बिगठित प्रतिनिधिसभा सदस्य मेटमणी चौधरी, क्षेत्र नं. २ मा निर्मल आचार्य र क्षेत्र नं. ३ मा धनबहादुर मास्कीलाई नेकपाले उम्मेदवार बनाएको छ ।

चौधरी नेकपा (एकीकृत समाजबादी) का पूर्व उपमहासचिव हुन । उनले लगातार दुई पटक यो निर्वाचन क्षेत्रवाट जितेका छन् ।

दाङको क्षेत्र नं. २ मा उम्मेदवार बनाइएका निर्मल आचार्य तत्कालिन नेकपा (माओबादी केन्द्र) दाङका जिल्ला इञ्चार्ज तथा केन्द्रीय सदस्य हुन ।

आचार्य २०७० सालको संविधान सभा सदस्य पदमा पराजित भएका थिए । नेपाली काँग्रेसका राजु खनालले उनलाई पराजित गरेका थिए ।

नेकपाले दाङको क्षेत्र नं. ३ मा धनबहादुर मास्की .(राजेश)लाई टिकट दिएको छ । लुम्बिनी प्रदेशसभा सदस्य उनी पूर्व अर्थमन्त्रीपनि हुन । नेपाली काँग्रेसका डिल्लीबहादुर चौधरी मुख्यमन्त्री हुँदा उनी अर्थमन्त्री भएका थिए ।

२०७९ को निर्वाचनमा काँग्रेस लगाएत दलहरुका बीचमा चुनावी गठबन्धन भएको थियो । चौधरी निर्वाचन क्षेत्र नं. ३ (१) र मास्की ३ (२) बाट निर्वाचित भएका थिए ।


नेकपा (एमाले)ले दाङका ३ वटा निर्वाचन क्षेत्र मध्य क्षेत्र नं. ३ मा मात्रै उम्मेदवार टुँगो लगाएको छ । पाण्डे गत निर्वाचनमा काँग्रेसका डिल्लीबहादुर चौधरीसंग पराजित भएका थिए ।

पाण्डे तुलसीपुर उपमहानगरपालिकाका पूर्व मेयरपनि हुन । उनी पहिलो स्थानीय तह निर्वाचनमा २३ बर्षको छँदै तुलसीपुरको उपमेयर बनेका थिए ।


एमालेले क्षेत्र नं. १ र २ को उम्मेदवार होल्डमा राखेको छ । महासचिव शंकर पोखरेलको निर्वाचन क्षेत्र नं.२ बाट एकल नाम सिफारिस भएको छ ।

नेपाली काँग्रेस अझैं अर्णिनित छ । पार्टी भित्रको पछिल्लो किचलोका कारण नाम सिफारिस गरेका नेताहरुले पनि यो चुनाव लड्न रुची देखाउने संभावना कम छ ।

प्रकाशित मिति : २०८२ माघ ५ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *