२०८३ असार १४ गते आइतवार

कुलोमा डुवेर बालकको मृत्यु


दाङ,असार ३० । कुलोमा डुवेर एक बालकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका वडा नं. ६ अगरा निवासी हर्कजित खत्रीको १८ महिनाको छोरा शिशिर खत्रीको कुलोमा डुवेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय दाङका अनुसार आइतवार बेलुका सात बजेतिर बालक घर नजिकैको कुलोमा डुवेका थिए । बालकलाई गम्भीर अवस्थामा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठिान घोराहीमा पु¥याए लगतै चिकित्कसले मृत घोषणा गरेका थिए ।

अर्का एक बेपत्ता
दाङको बबई नदीमा आएको बाढीले बगाउँदा थप एक बक्ति बेपत्ता भएका छन् । बबई गाउँपालिका वडा नं. १ बञ्चरे निवासी ६० बर्षीय भूपाल कामी असार २७ गते बबई तर्ने क्रममा बगेर बेपत्ता भएको प्रहरीले जानकारी दिएको छ । उनी गाउँपालिकाको कार्यालयमा भत्ता बुझेर घर फर्किने क्रममा बबईमा आएको बाढीमा बग्न पुगेको स्थानीयले बताएका छन् ।

ईलाका प्रहरी कार्यालय खितलपुरले उनको खोजी भइरहेको जानकारी दिएको छ । यसअघि असार २८ गते बंगालीचुली गाउँपालिका वडा नं. ८ कपनामा पनि खोलाले बगाउँदा अर्का एक बालकको मृत्यु भएको थियो । स्थानीय तिलकराम बैजाली मगरका छोरा ९ बर्षीय भक्तसिंह बैजाली मगरको खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको थियो ।

प्रकाशित मिति : २०७६ असार ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *