दाङ,असार २८ । सालको रुख काटेर ट्याक्टरमा ल्याउँदै गरेका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. ११ निवासी २३ बर्षीय सौजन्ने खनाल र २८ बर्षीय रमन विक रहेका छन् । उनीहरुले स्थानीय मित्र सामुदायिक वनवाट अवैद्य रुपमा २ वटा सालको रुख काटेको प्रहरीले बताएको छ ।
शुक्रवार बेलुका साढे ७ बजेतिर खनाल र विक मिलेर अबैद्य रुपमा २ वटा सालको रुख काटेर १० गोलिया बनाइ लु १ त ९९२९ नम्वरको ट्याक्टरमा लोड गरिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो ।
पक्राउ परेका दुबैजनालाई जिल्ला प्रहरी कार्यालय घोराहीको थुनुवा कक्षमा राखेर अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
प्रकाशित मिति : २०७६ असार २८ गते शनिवार