
बुटवल, असार २८। पाल्पाको प्रभासस्थित लुम्विनी मेडिकल कलेजबाट चोरी भएको नवजात शिशु स्याङ्जा जिल्लाको कालीगण्डकी गाउँपालिकामा फेला परेका छन । शुक्रबार दिउसो साढे तीन बजेतिर तानसेन ९ मदनपोखराकी जमुना रानाको बच्चा जन्मेको ४ घण्टामै एक अपरिचित महिलाले चोरेर भागेकी थिइन ।
शनिवार चोरी भएको शिशु संगै अस्पतालबाट बच्चा चोर्ने महिलालाई प्रहरीले नियन्त्रणमा लिइएको जानकारी दिएको छ । फेला परेका शिशुको अवस्था सामान्य रहेको पनि प्रहरीले जानकारी दिएको छ।
बच्चा र चोरी गर्ने महिला दुबैलाई पाल्पा ल्याउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । केहीदिन अगाडि देखि सुत्केरी वार्डमा बस्दै आएकी अपरिचित महिलाले शु्क्रबार जमुनाकी आमालाई सहयोग गर्ने बहाना बनाएर अस्पतालबाटै बच्चा चोरेर फरार भएकी थिइन् । घटनावारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । प्रहरीले बच्चा चोर्ने महिलाको नाम भने अझैं सार्वजनिक गरेको छैन ।