२०८३ असार १४ गते आइतवार

त्रिशुलीमा ट्रक खस्दा घोराही निवासी एक सहचालकको मृत्यु

फाइल तस्बिर

काठमाडौँ, असार २८ । त्रिशूली नदीमा ट्रक खस्दा दाङ घोराही निवासी एक २५ बर्षीय अनिल गुरुङको मृत्यु भएको छ । ट्रक चालक ललितपुर निवासी ४६ वर्षीय माधव थापामगर घाइते छन् ।

भैरहवाबाट काठमान्डौं तर्फ जाँदै गरेको ना ४ ख १७९६ नम्बरको ट्रक शनिवार विहान पौने २ बजेतिर त्रिशूली नदीमा खसेको प्रहरीले जानकारी दिएको छ । नारायणगढ–मुग्लिन सडक खण्डबाट ट्रक त्रिशुलीमा खसेको थियो ।

ट्रकका सह–चालक गुरुङको शव शनिवार विहान नदी किनारमा फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०७६ असार २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *