२०८३ असार १४ गते आइतवार

बाढीमा सतर्कता अपनाउन स्थानीय प्रशासनको अपिल


शरद रेग्मी,
दाङ,असार २८ । जिल्ला प्रशासन कार्यालय दाङले लगातार वर्षा भइरहेको हुँदा उच्च सतर्कता अपनाउन आम नागरिकमा अपिल गरेको छ ।प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रशाद रिजालले लगातार भइरहेको वर्षाले बाढी र पहिरोको जोखिम बढेको हुँदा सावधन हुन सचेत तुल्याएका छन् ।

खहरे खोला तथा नदी तटिय क्षेत्रमा बसोबास गर्दै आएकाहरुको सुरक्षा र उद्धारको लागि आवश्यकता अनुसार प्रहरी तथा उद्धारकर्मी परिचालन गरिएको उनले बताए । त्यस्तै स्थानीय निकाय र ब्यबसायी संग विपत्त परेको खण्डमा समन्वय र सहयोगको लागि छलफल भएको प्रजिअ अधिकारीले जानकारी दिए ।

त्यस्तै जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख बेलबहादुर पाण्डेले खोलाहरुमा उद्धार सामाग्रीसहित प्रहरीको टोली २४ खटाइएको जानकारी दिए । उनले बाढी आएका संभावित खोला र नदीहरुमा कुनैपनि अप्रिय घटना हुन नदिन प्रहरी खटाइएको जानकारी दिए । यसैबीच उनले कहि कतै कुनैपनि समस्या देखिएमा तत्काल १०० नम्बरमा फोन गर्न सबैमा आग्रहपनि गरेका छन् ।

प्रकाशित मिति : २०७६ असार २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *