२०८३ असार १४ गते आइतवार

महोत्तरीमा बाढीले पुल बगायो,पूर्व–पश्चिम राजमार्ग अवरूद्ध


महोत्तरी, असार २८ । महोत्तरीमा बाढीले पुल बगाएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ । राजमार्ग अन्तर्गत महोत्तरी बर्दिवास नगरपालिकाको भप्सी पुल बाढीले बगाएको छ । त्यसले राजमार्गमा यातायातका साधन संचालनमा आउन सकेका छैनन् । पुल बगाएको ठाउँ बर्दिबास चोकबाट पश्चिमतर्फ करिब १ किलोमिटर टाढा रहेको छ ।

बाढीले पुल बगाएपछि राजमार्ग पुर्ण रुपमा अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जानकारी दिएको छ । पुल बगाएपछि फरक ठाउँवाट डाईभर्सन निर्माण गर्न थालिएको प्रहरीले बताएको छ ।

 

प्रकाशित मिति : २०७६ असार २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *