२०८२ असोज १९ गते आइतवार

दाङका विद्यालयमा भदौ २९ गतेदेखि पठनपाठन सूचारु हुने

तुलसीपुर , भदौ २८ । देशब्यापी रुपमा भएको जेनजी पुस्ताको आन्दोलनका कारण बन्द भएका विद्यालयमा भदौ २९ गतेदेखि पठन पाठन सूचारु हुने भएको छ ।

तुलसीपुर उपमहानगरपालिका , घोराही उपमहानगरपालिका लगाएत जिल्लाका सबै स्थानीय पालिकाहरुले भदौ २९ गतेदेखि बन्द शैक्षिक संस्थाहरुमा पठन पाठन सूचारु हुने जानकारी दिएका छन् ।


निजी विद्यालयका छाता संगठनहरु प्याब्बस र एन प्याब्बसनहरुले पनि आइतबारदेखि पठन पाठन सूचारु हुने जानकारी दिएका छन् ।


तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले सामाजिक संजालमाथि लगाएको प्रतिबन्ध फुकुवा, देशमा ब्याप्त भ्रष्टचार अन्त्य लगाएको मात गर्दै जेनजी पुस्ताले भदौ २३ गतेदेखि देशब्यापी रुपमा आन्दोलन सुरु गरेका थिए ।

भदौ २३ गते मात्रै काठमाडौंमा सुरक्षाकर्मीले चलाएको गोली लागेर १९ जनाको मृत्यु भएको थियो । काठमाडौं लगाएत देशभर प्रहरी,कैदी, अन्य र जेन्जी पुस्ता गरि शनिरबारसम्म २१ जनाको मृत्यु भइ सकेको छ । चार सय बढी घाइतेको उपचार जाी छ ।


भदौ २४ गते देशभरका सरकारी कार्यालय, अदालत प्रमुख दलका पार्टी कार्यालय , चर्चित नेताका निजी घर , होटेल लगाएत ठूला संरचनामा तोडफोड, लुटपाट र आगजनी गरि नष्ट गरिएका थिए । सोही कारण देशभरको पठन पाठन ठप्प प्राय भएको थियो ।

जेनजीको समर्थनमा पूर्वप्रधान न्यायाधीश सुशिला कार्की प्रथम पहिला प्रधानमन्त्रीका रुपमा भदौ २७ गते राष्ट्रपतिले सपथ गराएका थिए ।

त्यसपछि मुलुकको अवस्था शान्त बन्दै गएको हुँदा विद्यालयको पठन पाठन सूचारु हुन थालेको हो ।

प्रकाशित मिति : २०८२ भाद्र २८ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *