२०८३ कार्तिक २२ गते शनिवार

दाजु भाइ ब्राउन सुगरसहित पक्राउ

तुलसीपुर, भदौ १९ । घोराहीबाट सहोदर दाजु भाइ लागुऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् ।


बुधबार दिउँसो संकाष्पद अवस्थामा फेला परेपछि घोराही उपमहानगरपालिका – १३ डुमर गाउँबाट २१ बर्षीय पुष्कर घर्ती पक्राउ परेका थिए ।


वडा प्रहरी कार्यालय घोराहीबाट प्रहरी निरीक्षक सुरज सिंहको नेतृत्वको टोलीले दिउँसो साढे चार बजेतिर पुष्करलाई नियन्त्रणमा लिइ खान तलासी गर्ने क्रममा एक ग्राम आठ सय ६० मिली ग्राम ब्राउन सुगर बरामद भएको थियो ।


त्यसपछि प्रहरी पुष्कर भाडामा बस्ने डुमर गाउँस्थित कोठामै पुगेको थियो । कोठामा पुग्दा पुष्करका सहोदर दाजु २७ बर्षीय कमल घर्ती ब्राउन सुगरका पुडिया बनाउँदै गरेको अवस्थामा फेला परेपछि पक्राउ परेका थिए । कोठा खानतलासी गर्दा १६ वटा पुडिया फेला परेको थियो । जस्को तौल ५ ग्राम थियो ।


दाङका प्रहरी प्रबक्ता डिएसपी चक्रबहादुर शाहका अनुसार दुइ दाजु भाइको साथबाट गरि कुल ६ ग्राम आठ सय ६० मिली ग्राम ब्राउन सुगर बरामद भएको थियो ।


पक्राउ परेका दाजु भाइ माथि थप अनुसन्धान भइ रहेको डिएसपी शाहले बताए ।

प्रकाशित मिति : २०८२ भाद्र १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *