दाङ, भदौ १६ । बर्दिया प्रहरीले ६ महिना जेल सजाय तोकिएका दुई जना फरार प्रतिबादी पक्राउ गरेको छ ।
जिल्लाको गेरुवा गाउँपालिका – १ बजयिरयाका ३३ बर्षीय सिताराम थारु पक्राउ परेका हुन ।
उनी गुलरिया नगरपालिका – ६ गुलरिया बजारमा लुकिछिपी बसेको अवस्थामा आइतबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्ष कृष्ण डाँगीले बताए ।
बालयौन दुराचार मुद्दामा दोषी ठहर गर्दै थारु बिरुद्ध जिल्ला अदालत बर्दियाले २०८१/०८/०९ गते ६ महिना ५ दिन कैद सजाय, पीडित राहात कोषमा चार सय , ७५ हजार क्षतिपुर्ती र दश हजार जरिवानाको फैसला सुनाएको थियो । त्यसयता थारु लुकिछिपी बस्दै आएका थिए ।
पक्राउ पछि आइतबार नै थारुलाई जिल्ला अदालतमा पेश गरिएको थियो । अदालतको आदेशले तोकिएको सजाय भुक्तान गर्नका लागि आइतबार नै थारुलाई कारागार चलान गरिएको प्रहरी निरीक्षक डाँगीले बताए ।
त्यस्तै चोरी सम्बन्धि मुद्दाका फरार प्रतिबादी गुलरिया नगरपालिका – १२ का ४० बर्षीय मोहम्मद कलिम खाँ पक्राउ परेका छन् ।
जिल्ला अदालतले चोरी सम्बन्धि मुद्दाका खाँलाई दोषी ठहर गर्दै २०८१/०९/०१ गते ६ महिना कैद, दश हजार जरिवाना, चार सय पीडित राहात कोषमा जम्मा गर्न फैसला सुनाएको थियो ।
फरार प्रतिबादी खाँ घरमै लुकिछिपी बसेको सूचनाको आधारमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो ।
