२०८३ कार्तिक २२ गते शनिवार

श्रीनरगमा चिटिक्क परेको कालोपत्रे बसपार्क

दाङ, भदौ १६ । सल्यानको श्रीनगरमा चिटिक्क परेको कालोपत्रे बसपार्क निर्माणको काम सकिएको छ ।

शारदा नगरपालिका – १ स्थित श्रीनगर बजारमा साढे ५ करोड लागतमा चिटिक्क परेको आधुनिक बसपार्क निर्माण गरिएको हो । जेठ १५ मै निर्माण पुरा भएको यो बसपार्क अव छिट्टै उद्घाटनको तयारी गरिएको छ ।


नौं हजार बर्ग मिटरमा फैलिएको बसपार्क एकीकृत निर्माण ब्यबस्थापनको रुपमा निर्माण भएको हो । संघ, प्रदेश र शारदा नगरपालिकाको करिब साढे ५ करोड लागतमा बसपार्क निर्माण गरिएको हो । बसपार्क वरिपरी सुरक्षाको लागि पर्खालले घेरिएको छ । पर्खालको माथि सुरक्षाको लागि फलामे छडहरु राखिएका छन् ।


नेपाली काँग्रेसबाट निर्वाचित युवा मेयर प्रकाश भण्डारीले आफ्नो कार्यकालको एउटा ड्रिम प्रोजेक्टका रुपमा बसपार्क निर्माण गरेका हुन ।

संघीय सरकारले (संझौता रकम) डेढ करोड र प्रदेश सरकारले ४४ लाख बजेटमा नगरपालिकाले लगातार आर्थिक बर्ष २०८०/ ०८१ र २०८१ / ०८२ बजेट छुट्याएको थियो ।

बसपार्क निर्माण गर्न अतिक्रमण गरि निर्मित ८५ टहरा र एक दर्जन जति पक्की भवनमा नगरपालिकाले डोजर चलाएको थियो ।

नगरका इञ्जिनियर खगेन्द्र मल्लका अनुसार ५ करोड ६० लाख ६६ हजार लागतमा बसपार्क निर्माणको काम भएको हो । श्रीनगर बसपार्क भित्र ठूला तथा मध्यम सवारीका ३२ स्टल र ५० वटा बाइक राख्न मिल्ने स्टलहरु निर्माण गरिएका छन् ।

श्रीनगर बसपार्क भित्र मल अर्थात स्थानीय ब्यबसायीका लागि ३४ ब्यबसायिक सटरहरु निर्माण गरिएका छन् । त्यस्तै साना तथा मध्यम उद्यमका लागि थप ३५ स्थल कोठाहरु निर्माण गरिएका छन् ।


टिकट काउन्टर भवन छुट्टै निर्माण गरिएको छ । त्यसभित्र एउटा बहुउदेश्य सभाहल र एउटा स्टोर रुमपनि निर्माण गरिएको छ । लैंगिक र समावेशी खाले दुई वटा आधुनिक सार्वजनिक सौचालय निर्माण गरिएका छन् ।

त्यस्तै बीरताको प्रतिक मानिने खुकुरी क्रससहितको स्तम्भ प्रबेश र प्रस्थान द्धारमा निर्माण गरिएको छ । बसपार्क भित्र खैरावाङ देबी भगवतिको मन्दिर र अदुवाको आकृतिपनि निर्माण गरिएका छन् ।


बसपार्क भित्र निर्माण गरिएका प्रमुख पूर्वाधारहरु मध्य प्रिमिक्स कार्पेट निर्माण गरिएको छ । जस्को बाहिरी सतहको मोटाई ३ मिलिमिटर छ । २ लेनको क्यारेजे वेय ८ मिटर चौडाइका छन् भने दुबै तर्फ कम्तिमा पनि २.२ मिटर चौडाइका निर्माण गरिएका छन् ।

प्रकाशित मिति : २०८२ भाद्र १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *