
तुलसीपुर , भदौ १५ । तुलसीपुर क्षेत्रका होटेल ब्यबसायीहरु प्रहरीले पछिल्लो समय प्रहरीको बिरोध गर्दै आएका छन् ।
उनीहरुले शनिबार पनि आँफुहरु माथि ज्याजदी गरिएको भन्दै इलाका प्रहरी कार्यालय तुलसीपुरमा पुगेर ज्ञापन पत्र बुझाएका थिए ।
आइतबार पनि तुलसीपुर तुलसीपुर होटेल ब्यबसायी समितिका पदाधिकारीहरुले आँफुहरुलाई अनावश्यक दुःख दिएको भन्दै मेयर टीकाराम खड्कालाई कार्यकक्षमै गइ भेटेका हुन । उनीहरुले मेयरलाई ज्ञापन पत्र पनि बुझाएका छन् ।
समितिका इन्द्रबहादुर बस्नेत र सचिव दिलबहादुर भण्डारीले हस्ताक्षर रहेको ज्ञापन पत्र उनीहरुले मेयर खड्कालाई बुझाएका थिए । जस्मा प्रहरीले अभद्र ब्यबहार गर्नुका साथै डर त्रास सृजना गर्ने गरेको उल्लेख छ ।
ज्ञापन पत्रमा तुलसीपुर क्षेत्रमा गत बर्ष २०८१ भदौदेखि राति ११ बजेसम्म होटेल सञ्चालन गर्दै आएको भएपनि पछिल्लो समय प्रहरी आँफैले राति ९ बजे अगाबै होटेल बन्द गराउँदै हिड्ने गरेको उल्लेख छ ।
प्रहरीले राति ९ बजे अगाबै प्रहरी होटेलमा पुगेर बन्दै गराउँदै हिड्ने गरेको, पसल नै बन्द गर्न नदिएर ब्यबसायीलाई धरपडक गरि हड्कडी लगाई लैजाने गरेको भन्दै ब्यबसायीले मेयर खड्का संग गुहार मागेका हुन ।
धरपकडका क्रममा प्रहरीले ब्यबसायीलाई डर धम्की देखाउँदै सार्वजनिक मुद्दा चलाइदिने धम्कि दिने गरेको हुँदा त्रासपूर्ण वातावरण सृजना गरिएको ब्यबसायीले बुझाएको ज्ञापन पत्रमा उल्लेख छ ।
रोजगारी तथा सेवा दिइ रहेका ब्यबसायीलाई सुरक्षा दिनु पर्नेमा उल्टै त्रास सृजना गर्ने क्रम नरोकिए आँफुहरु आन्दोलनमा उत्रन बाध्य हुने ब्यबसायीले मेयर खड्कालाई बुझाएको ज्ञापन पत्रमा चेतावनी पनि दिएका छन् ।
ब्यापार ब्यबसाय चौपट भएको ब्यबसायीको आरोप छ ।
कतिपय ब्यबसायीले भने प्रहरीले भने जति पैंशा उठाएर नदिएको हुँदा आँफुहरुलाई दुःख दिइ रहेको आरोप लगाएका छन् ।
मेयर खड्काले सोमबार बिहान सरोकार वाला सबै संग संयुक्त बैठक राखेर ब्यबसाय निर्वाध रुपमा सञ्चालन गर्न पाउने वातावरण निर्माण गर्न पहल गर्ने आश्वासन दिएका थिए ।


