दाङ, भदौ १५ । रुकुम पश्चिममा बाख्रा चराउन गएकी एक बृद्धाको सुख्खा पहिरोमा परि मृत्यु भएको छ ।
जिल्लाको मुसीकोट नगरपालिका – १ तलिगाउँमा सुख्खा पहिरोले पुर्दा ६९ वर्षीया हिमकुमारी मल्लको मृत्यु भएको हो ।
जिल्ला प्रहरी प्रबक्ता प्रहरी निरीक्षक हरिप्रसाद पुनका अनुसार बाख्रा चराउन गएकी उनको माथिबाट झरेको सुख्खा पहिरोमा परि मृत्यु भएको हो । शब पोष्टमार्टमका लागि अस्पताल तर्फ लैजाने तयारी गरिएको छ ।
पहिरोले पुर्दा एउटा बाख्रो र एउटा भेडोपनि मरेका छन् । आइतबार दिउँसो साढे १२ बजेतिर मल्ललाई पहिरोले पुरेको र केही बेर अघि मात्रै शब निकालिएको प्रहरी निरीक्षक पुनले बताए ।
प्रकाशित मिति : २०८२ भाद्र १५ गते आइतवार
