२०८३ जेष्ठ ७ गते बिहिवार

बिजौरी उबासंघको १२ औं साधारणसभा

बिजौरी, भदौ १४। विजौरी उद्योग बाणिज्य संघको १२ औं साधारणसभा तथा स्वागत -सम्मान कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि तथा लुम्विनी प्रदेशका पुर्व मुख्यमन्त्री एवं प्रदेशसभा सदस्य दिल्ली बहादुर चौधरीलाई बिजौरी क्षेत्रलाइ नयां उर्जावान शहरका रुपमा विकाश गर्न सहयोगको प्रस्ताव गरेका छन् ।

बिजौरी उद्योग वाणिज्य संघले गरेको प्रस्तावमा भर्खरै उदियमान भएको बजार विजौरीलाइ कृषि एवं व्यवसायीक प्रबर्द्धनको भबिस्य कोर्न पनि संघ, प्रदेश र स्थानिय सरकारको पनि सहयोगको अपेक्षा गरिएको छ ।

नजिकै तुलसीपुर बजार हुदांहुदैं पनि विजौरीलाइ पनि अर्को बजारका रुपमा जागरण ल्याउन विभिन्न विकल्पहरु उद्योग वाणिज्य संघ विजौरीले अघि सारेको छ ।

‘विजौरी त्यो वेला मात्र स्थापित हुनेछ, जतिवेला विजौरी भएर रोल्पा जोडिने सहिद मार्ग होलेरी—दहवन—विजौरी हुदै पुर्वपश्चिम राजमार्गको जलकुण्डिमा जोडिने छ ।’

साधारणसभामा बोल्दै प्रमुख अतिथि तथा लुम्विनी प्रदेशका पुर्वमुख्यमन्त्री डिल्ली वहादुर चौधरीले समावेशि र समानुपातिक विकाशमा आफु जहिल्यैपनि सकारात्मक भएको भन्दै जनताको आवस्यकतालाइ मध्यनजर गर्दै विजौरी उद्योग वाणिज्यसंघले उठाएका मागहरुलाइ आफुले सक्दो पहल गरीरहेको र गर्ने पनि प्रतिवद्धता व्यक्त गरे ।

‘विजौरीलाइ रोल्पासंग जोड्ने यो मध्यमार्ग हो र इन्धन खपत क मगर्न पनि राज्यले यो सडकलाइ दिर्घकालिन रुपमा सन्चालनमा ल्याउनुपर्छ भन्नेमा म एकदमै विश्वस्त छु’, प्रमुख अतिथि चौधरीले भने । विजौरीसंग रोल्पा जोडिएपछि त जलकुण्डिसम्म लैजान धेरै समस्स्या छैन ।

सोहि कार्यक्रममा प्रमुख अतिथि चौधरीले विजौरी कुनैवेला मध्य दाङकै व्यापारीक ट्रान्जिट हुने भएकाले पनि यो क्षेत्रको प्रवद्र्धन गर्नु आफ्नो दायित्व भएको बताए ।

साथै उनले विजौरी बजारको व्यवसायीक सुरक्षा सवैभन्दा पहिले व्यवसायीहरु सचेत हुनपर्ने भन्दै थप सहयोगकालागी आवस्यक हाइम्याक्स लाइट र सिसि क्यामेराको प्रवन्ध गर्ने पनि प्रतिवद्धता जनाए ।

साथै उनले आन्तरीक स्वरोजगारको वातावरण मिलाउन पनि प्रदेश सरकार लागीरहेको भन्दै सहलगानीमा व्यवसायीक प्रवद्र्धन गर्न लुम्विनी प्रदेश सरकार तयार रहेको बताए ।

कार्यक्रममा बोल्दै विशिष्ट अतिथि तथा तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष विनिल केसीले स्थानिय स्तरमै स्वरोजगार सृजना गर्न सवैले हातेमालो गर्नुपर्ने बताए ।

‘यहां केहि छैन है मन्ने गलत भास्य जनमानसमा व्याप्त छ, तर यहां धेरै संभावनाहरु छन् भन्न उद्योग वाणिज्यसंघ र उद्यमी व्यवसायीहरुले भन्न सक्नुपर्दछ’, विशिष्ठ अतिथि विनिलले भने ।

युवा पलायनलाइ रोक्न उद्योव वाणिज्यसंघहरुको अहम भुमिका हुने भन्दै आवस्यकता अनुसासरको रोजगारी सृजना गर्नु सवै उद्योग वाणिज्यसंघको दायित्व भएको पनि बताए ।

‘विदेश गएर जेजे गर्न पनि हामीले पठाएका हरुले सक्छन् भने यहां किन सक्दैनन? प्रश्न गर्दै अध्यक्ष विनिलले भने, आफ्नै देशमा जुनसुकै व्यावसाय गर्न युवाहरु लजाउने संस्कृति हुनु हुन्न ।

कार्यक्रममा सहभागि सवैको यस्तै धारण थियो । स्थानिय स्तरमै स्वरोजगार सृजना गर्ने, त्यसकालागी आवस्स्यक पुर्वाधार स्थानिय सरकार, संघिय सरकार र प्रदेश सरकारले सहजीकरण एवं संवोधन गर्नुपर्ने, तथा लाभग्राहिहरु पनि यहि मार्गमा लाग्ने सुझाव सवैले दिएका छन् ।

यद्धपि विजौरीदेखि रोल्पालाइ जोड्ने सवैभन्दा छोटो र सुगम मार्ग हो । दाङको क्षेत्र भनेको ग्वारखोलाको रानीवास सम्म मात्रै हो । रानीवासमा पुल निर्माण भएपछि ग्लारखोला तरेर सोझै रोल्पाको दहवन मात्रै होइन सल्यान र रुकुम पनि जोडिन्छ ।

तर ग्वारखोलामा पक्कि पुलन बनाउन राजनिति भएको सभाका सहभागिहरुले बताएका छन् । बजेट विनियोजन भएको पक्कि पुलको पनि ठेक्का आहवान गरीएन । यसमा केहि केन्द्रिय नेताहरुले अवरोध गरेका छन् ।

केन्द्रिय नेताहरुले ग्वारखोलालाइ हाइड्यामको प्रस्ताव गरेकाले पक्कि पुलको अर्थ नरहेको भन्दै ठेक्का संझौता पनि रोकेपछि ग्लारखोलामा स्थानियले कम्तिमा अटो र मोटरसाइकल चल्ने पक्कि पुल बनाएपछि यसले राज्यलाइ पनि नैतिक दवाव भने सृजना गरेको छ ।

विजौरी उद्योग वाणिज्यसंघका अध्यक्ष रेश्मीराज खड्काको अध्यक्षतामा भएको साधारणसभामा बोल्ने सवै बक्ताहरुले विजौरी बजारलाइ चलायमान गराउन आग्रह गरेका थिए ।

त्यसकालागी आवस्यक व्यवसायीक सुरक्ष, औद्योगिक पुर्वाधार एवं रात्रिकालिन व्यवसाय सन्चालनकालागी पनि पहल गर्न आग्रह गरेका थिए ।

वाणिज्य उपाध्यक्ष डिल्ली वहादुर खत्रीको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा दाङ उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष नरेश श्रेष्ठ, नारायणपुर उद्योग वाणिज्य संघका अनिल बस्नेत, वेलझुण्डि खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाका अध्यक्ष प्रदिप गौतम, विजौरी उद्योग वाणिज्य संघका संस्थापक महासचिव मुकेश वली,रेडक्रस सोसायिटि विजौरीका प्रमुख वालकृष्ण रेग्मी, तुलसीपुर उपमहानगरपालिका—१६ का अध्यक्ष शिवानन्द डांगि, विजौरी उद्योग वाणिज्य संघका संस्थापक उपाध्यक्ष पुष्पा डांगी, एमाले तुलसीपुर १८ का कमानसिहं खड्का, नेपाली कांग्रेस तुलसीपुर १८ का सचिव विदुर गौतम, नेपाली कांग्रेस तुलसीपुर उपमहानगरपालिका—१९ का सभापति पदम वली, तुलसीपुर उपमनपा—१९ का लोक वहादुर रोका लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

सोहि अवसरमा नियमित रुपमा व्यवसायीक दर्ता कर समयमै तिर्ने विजौरी उद्योग वाणिज्य संघका सदस्य सुरज वहादुर वलीलाई सम्मान गरिएको थियोे ।

त्यस्तै संघले सस्थालाई २५ हजार रुपैया भन्दा माथि गर्ने सहयोग गर्ने दाताहरुलाई आजिबन सदस्ता प्रदान गरेको छ ।

कार्यक्रममा वेलझुण्डि खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थामा निर्वाचित र विजौरी रेडक्रसमा निर्वाचित सवै पदाधिकारीहरुलाइ पनि सम्मान गरिएको थियो ।

विजौरी उद्योग वाणिज्यसंघका महासचिव दिपक बस्नेतले सहजीकरण गरेको कार्यक्रममा उपाध्यक्ष चित्र खडकाले धन्यवाद ज्ञापन गरेका थिए ।

औपचारीक कार्यक्रमसंगै सुरु भएको बन्द सत्रले महासचिव दीपक कुमार बस्नेतले बार्सिक प्रतिबेदन र कोषाध्यक्ष कर्ण बहादुर वलिले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सर्वसम्मतले पारीत गरेको छ ।

प्रकाशित मिति : २०८२ भाद्र १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *