काठमाडौँ ,साउन १९ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार सार्वजनिक गर्ने तयारी गरेको छ।
नतिजा सार्वजनिक गर्न आज अपराह्न ५ बजे बैठक बोलाइएको बोर्डका एक सदस्यले जानकारी दिए ।
‘नतिजा प्रकाशनमा केही ढिला भएको थियो। हामी यसैको तयारीमा लागेका थियौँ । आज ५ बजे परीक्षा बोर्डको बैठक बस्ने तयारी छ,’ ती सदस्यले भने।
वैशाख ११ गतेदेखि सुरु भएको परीक्षामा पाँच लाख ११ हजार ५२५ विद्यार्थी सहभागी भएका थिए ।
परीक्षामा नियमिततर्फ तीन लाख ९५ हजार ९०८ जना र आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना सहभागी थिए ।
प्रकाशित मिति : २०८२ साउन १९ गते सोमवार