२०८३ असार ५ गते शुक्रवार

रञ्जितामाथि कारबाही पछि अब को बन्ला, नाउपाको अध्यक्ष ?

दाङ, साउन १५ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले आज पार्टीको अध्यक्ष तोक्ने भएको छ ।

पार्टीको बुधबारको राष्ट्रिय भेलाले यसअघिकी अध्यक्ष रञ्जिता श्रेष्ठलाई उक्त पदबाट हटाउने प्रस्ताव पारित गरेको थियो।

उनलाई साधारण सदस्यसमेत नरहने गरी हटाएको छ । रञ्जिता पार्टीका संरक्षक रेशमलाल चौधरीकी कान्छी पत्नि हुन ।


पोखराको लिचीबारी जग्गा प्रकरणमा बिबादित बनेपछि श्रेष्ठलाई अनुशासन समितिले २४ घन्टे स्पष्टीकरण सोधेको थियो। श्रेष्ठले स्पष्टीकरण दिएकी थिइनन् । बरु वरिष्ठ उपाध्यक्ष शिव बास्तोलालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकेकी थिइन ।

नाउपाको राष्ट्रिय भेला बिहीबार पनि बस्दैछ । नयाँ बानेश्वरमा बस्ने भेलाले पार्टीको अध्यक्ष तोक्ने कार्यसूची रहेको संयोजक रामलाल डगौरा थारूले जानकारी दिएका छन् ।

पार्टीका संरक्षक रशेमका बुवा प्रतिनिधिसभा सदस्य लालवीर चौधरीपनि पार्टीको अध्यक्षका आकांक्षी छन् ।

त्यस्तै टीकपुर नगरपालिकामा मेयर रामलाल डगौरा र पार्टी संसदीय दलकी नेता गंगा चौधरीको नामपनि अध्यक्षको लागि चर्चामा छ ।


नाउपाले २०८० पुस अन्तिम हप्ता राष्ट्रिय महाधिवेशन गरेर रेशम चौधरीको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको थियो। तर, निर्वाचन आयोगले रेशमको नाम अद्यावधिक गर्न मानेको थिएन ।

प्रकाशित मिति : २०८२ साउन १५ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *