दाङ, साउन १२ । लुम्बिनी प्रदेशमा नवनियुक्त युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले सोमबार पद तथा गोपनियताको सपथ लिएका छन् ।
प्रदेश प्रमुख कृष्णबहादुर घर्ती समक्ष नव नियुक्त मन्त्री पाण्डेले पद तथा गोपनीयताको सपथ लिएका हुन ।
लोसपाका संसदीय दलका नेता पाण्डेलाई मुख्यमन्त्री चेतनारायण आचार्यले आँफुसंगै राखेको खेलकुद मन्त्रालयमा आइबार नियुक्त गरेका थिए ।
यो संगै लुम्बिनीमा अब मन्त्रालयको संख्या १२ पुगेको छ ।
पूर्व मुख्यमन्त्री डिल्लीबहादुर चौधरी, प्रदेशका मन्त्री तथा उच्च पदस्थ पदाधिकारीहरुको उपस्थितीमा मन्त्री पाण्डेले प्रदेश प्रमुखको कार्यालय बुटवलमा सोमवार सपथ ग्रहण गरेका हुन ।
यस्तो छ लुम्बिनीको मन्त्रीमण्डल
१ – चेतनारायण आचार्य – मुख्यमन्त्री
२ – भुमिश्वर ढकाल –भौतिक पूर्वाधार विकास मन्त्री
३ – सरोज थापा– शहरी विकास तथा खानेपानी मन्त्री
४– दिनेश पन्थी– कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्री
५ –धनेन्द्र कार्की –आर्थिक मामिला तथा योजना मन्त्री
६–प्रचण्ड विक्रम न्यौपाने–उद्योग, पर्यटन तथा यातायात मन्त्री
७ – खेमबहादुर सारु–स्वास्थ्य मन्त्री
८ – सिता शर्मा – उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री
९ – जन्मजय तिमिल्सिना–सामाजिक विकास मन्त्री
१० – देवकरणप्रसाद कलवार – वन तथा वातावरण मन्त्री
११ –आदेशकुमार अग्रवाल– आन्तरिक मामिला तथा कानून मन्त्री
१२ –सन्तोषकुमार पाण्डे – युवा तथा खेलकुद मन्त्री
