२०८३ असार ५ गते शुक्रवार

म एमालेमै छु – विद्या भण्डारी

दाङ, साउन ९ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले अहिले पनि आफू नेकपा (एमाले) मै रहेको बताएकी छन् ।

शुक्रबार काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वेटमा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले आँफु एमालेमै आबद्ध रहेको र कसैले पनि आफ्नो सदस्यता खान नसक्ने दाबी गरेकी हुन ।


राष्ट्रपति हुनु पूर्व उनी एमालेकी उपाध्यक्ष थिइन ।

भण्डारीले आँफु एमालेमै रहेको दाबी गरेपनि एमाले केन्द्रीय कमिटी बैठकले भण्डारी फेरि सक्रिय राजनीतिमा आउन नहुने निष्कर्ष निकालेको थियो । त्यो बैठकले भण्डारीको सदस्यता स्वतह निस्क्रिय भइसकेको निचोडपनि निकालेको थियो ।

राष्ट्रपतिको कार्यकाल सफलता पूर्वक पुरा पूरा गरे भन्दै भण्डारीले अबको बाँकी जीवन संगठनमा लगाएर भूमिका खेल्नका लागि मातृ पार्टी एमालेको सदस्यता नवीकरण विधिपूर्वक गरेको बताएकी थिइन ।


पत्रकार सम्मेलन पछि जारी गरेको बिज्ञप्तिमा उनले एमाले उपाध्यक्ष नै उल्लेख गरेकी छन् ।

प्रकाशित मिति : २०८२ साउन ९ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *