२०८३ बैशाख १२ गते शनिवार

तुलसीपुरमा एक घर एक विरुवा अनिवार्य : नगरप्रमुख पाण्डे  


शरद रेग्मी,
तुलसीपुर, असार २४ । तुलसीपुर उपमहानगरपालिकाका नगरप्रमुख घनश्याम पाण्डेले तुलसीपुरमा एक घर एक विरुवा अभियान अगाडि वढाउने वताएका छन् । तुलसीपुरलाई हरित नगरका रुपमा विकास गर्नका लागि यस्तो अभियान सञ्चालन गर्न लागिएको उनको भनाई छ । उनले सडक किनारामा वृक्षारोपण गर्ने कामलाई उपमहानगरपालिकाले विगतदेखि नै निरन्तरता दिएको वताउँदै उनले यसै वर्षबाट नयाँ अभियानलाई अगाडि वढाइने वताए ।

उपमहानगरपालिकाको संयोजनमा सञ्चालन भइरहेको ग्रीन तुलसीपुर, क्लिन तुलसीपुर अभियानको १ सय ५० औ श्रृखलाको समिक्षा कार्यक्रममा वोल्दै नगरप्रमुख पाण्डेले अभियानका क्रममा जनतामा सरसफाईका वारेमा चेतनाको विकास भएको वताए ।

‘हाम्रो फोहोर हामीले नै सफा गर्नुपर्दछ भन्ने मान्यताको विकास भएको छ ’ उनले भने । आगामी दिनमा अभियानलाई प्रभावकारी ढँगले अगाडि वढाउनका लागि दण्ड जरिवानाको समेत व्यवस्था गरिने उनको भनाई थियो । उनले अभियानका क्रममा निरन्तर रुपमा लाग्नेहरुलाई सम्मान गरिने समेत वताए । यो अभियान जनताको भएको भन्दै उनले जनताको सहभागिताका लागि आग्रह समेत गरे ।

सडक व्यवस्थापन अहिलेको चुनौति भएको भन्दै उनले त्यसलाई समाधानका लागि संघ र प्रदेशसँग पहल गरिने समेत वताए । कार्यक्रममा सरसफाइ सयोजक तथा वडा नम्बर ६ का वडा अध्यक्ष नवराज लामिछाने ,सरसफाइ अभियानका अभियान्ता एव तुलसिपुर उधोग बाणिज्य सङघका अध्यक्ष बिमल रिजाल,तुलसिपुर उधोग बाणिज्य सघका अध्यक्ष बिरबहादुर रावत,सस्थापक अध्यक्ष डिल्लीबहादुर बस्नेत लायन्स क्लब दाङका अध्यक्ष यज्ञबहादुर केसि,रोटरि क्लब अफ तुलसिपुर सिटिका अध्यक्ष देबबहादुर केसि लगायतले बजारबाट निस्कने फोहोर ब्यबस्थापन गर्न उपमहानगरपालिकाले ध्यान दिनुपर्ने बताएका छन । उनिहरुले बजारमा फोहोर गर्ने घरबेटि,पसलधनि या फुटपाथमा जथाभावी सामान राखेर अबरोध गर्ने र सनिवार बजारका चोक चोकमा खसी काटेर फोहोर गर्ने जोकोहिलाई पनि तत्काल कार्बा्हि हुनुपर्ने भन्दै ध्यानाकर्षण गराएका छन ।

कार्यक्रममा बोल्ने बक्ताहरुले जनप्रतिनिधिहरुले हरेक सामाजिक भियानमा सहयोगिको भुमिका खेल्न नसकेको भन्दै तत्काल जनताका समस्या र सरसफाइ अभियानमा हातेमालो गर्न वडा अध्यक्षहरुको ध्यानाकर्षण गराएका हुन । कार्यक्रममा सामुदायिक प्रहरी सेवा केन्द्रकि अध्यक्ष नारायणी रजौरे,रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी ,तुलुसपुर नगर जेसिजका अध्यक्ष मेघराज घसमिरे,रोट्रयाक्ट क्लब अफ तुलसिपुरका अध्यक्ष नवीन राई,जेष्ठ नागरिकका खुमानन्द अधिकारी ,ब्यबस्थायिहरु सपना बस्नेत ,भरत श्रेष्ठ ,वसन्त खडकि,टोपबहादुर महतरा,ईश्वरि प्रसाद गैरे लगायतले तुलसिपुरमा सञ्चालन भैरहेको सरसफाइ अभियान निरन्तर चल्ने भन्दै उपमहानगरपालिकाले तत्काल बृहत् रुपमा जनप्रतिनिधि सहितको बैठक राख्नुपर्ने सुझाब दिएका छन ।उनिहरुले अभियान सफल पार्न स्टिकर सिस्टम मार्फत पहिचान गरेर फोहोर गर्ने र नियम बिपरित अटेरि गर्नेहरुलाई उपमहानगरपालिकाले दिने सेवा सुबिधा समेत रोक्नुपर्ने धारणा राखेका छन । कार्यक्रमको सहजिकरण सुचना अधिकारी झरेन्द्र खरेलले गरेका थिए ।

प्रकाशित मिति : २०७६ असार २४ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *