२०८३ साउन १६ गते शनिवार

सुनको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?


काठमाडौं,असार ३० । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार (आज) छापावाल सुनको मूल्य तोलामा ४०० रुपैयाँले बढेको हो।

आइतबार १ लाख ९२ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार प्रतितोलामा १ लाख ९३ हजार ३०० रुपैयाँ कायम भएको छ।

यसैगरी चाँदीको मूल्य पनि बढेको छ। आइतबार तोलामा २ हजार २८५ रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य सोमबार बढेर तोलामा २ हजार ३१५ रुपैयाँमा कारोबार भैइरहेको छ।

प्रकाशित मिति : २०८२ असार ३० गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *