२०८३ असार १४ गते आइतवार

अर्घाखाँचीमा जीप दुर्घटना चालकसहित दुई जनाको मृत्यु


बुटवल, असार १९ । अर्घाखाँचीमा भएको जीप दुर्घटनामा परि दुई जनाको मृत्यु भएको छ भने थप सातजना घाइते भएका छन् । जीपका चालक अन्दाजी ४० वर्षका सुमन्त भुसाल र अर्का एक जना अन्दाजी ५५ वर्षका पुरुषको दुर्घटनामा परि मृत्यु भएको प्रहरीले बताएको छ । उनीहरु दुबै जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा परी अन्य सात जना घाइते भएका छन्। घाइते मध्य तीन जनाको अवस्था गम्भीर रहेको छ भने ४ जनाको उद्धार गरी उपचारको लागि बुटवल लगिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । कपिलवस्तुको कृष्णनगरबाट सन्धिखर्क जाँदै गरेको लु १ ज १३२९ नम्बरको जीप सुपादेउराली मन्दिर नजिकै
दुर्घटनामा परेको हो।

सुपादेउरालीको मन्दिर र खाँचीखोला पुलको बीचबाट पल्टिएको जीप सडकबाट करिब साढे तीन सय मिटर तल खोलामा पुगेको थियो । दुर्घटना विहीवार बिहान करिब ११ बजेतिर भएको थियो ।

प्रकाशित मिति : २०७६ असार १९ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *