२०८३ असार ६ गते शनिवार

बुद्धको सन्देश र दर्शनको महत्व थप बढेको छ – मुख्यमन्त्री आचार्य


लुम्बिनी, बैशाख २९ ।लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलाउनु पर्ने बताएका छन् ।

२५६९औं बुद्ध जयन्तीको अवसरमा लुम्बिनीमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले आजको दिनले शान्तिको सन्देश विश्व सामु फैलाउन जरुरी रहेको बताए ।

‘गौतम बुद्धको दर्शनलाई मार्गदर्शक सिद्धान्तको रूपमा लिएर अगाडि बढिरहेको सन्दर्भमा बुद्धको सन्देश र दर्शन अझै महत्वपूर्ण र आवश्यक बन्दै गइरहेको छन,’ मुख्यमन्त्री आचार्यले भने ‘बुद्धको सन्देशलाई हामी सबैले अनुशरण गर्न जरुरी छ ।’


लुम्बिनी ज्ञान र पवित्र तपोभूमि हो भन्दै उनले स्वदेशी तथा विदेशी पर्यटकलाई थप आकर्षित गर्न जरुरी रहेको बताए ।

त्यस्तै फरक प्रशंगमा उनले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भए पनि नियमित उडान नहुँदा चिन्ता बढेको बताएका थिए ।

विमानस्थल सञ्चालनमा आएमा लुम्बिनीको मुहार फेरिने उनले बताएका थिए ।

प्रकाशित मिति : २०८२ बैशाख २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *