२०८३ साउन १५ गते शुक्रवार

एकैदिन ५ हजार ७ सय रुपैयाले बढ्याे सुनको मुल्य,कतिमा हुँदैछ कारोबार ?


काठमाडौं ,चैत २८ । स्थानीय बजारमा सुनको मूल्यले नयाँ ऐतिहासिक रेकर्ड कायम गरेको छ।

आज सुन तोलामा ५ हजार ७०० रुपैयाँले बढेर ऐतिहासिक रेकर्ड कायम गरेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज ५ हजार ७०० रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ८१ हजार १०० रुपैयाँ कायम भएको हो।

बधुबार २ हजार रुपैयाँले बढेर प्रतितोला सुनको मूल्य १ लाख ७५ हजार ४०० रुपैयाँ कायम भएको थियो।

यसअघि चैत्र २१ गते एक तोला सुनको मूल्य १ लाख ८० हजार ३०० पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो। त्यसपछि क्रमश: घट्दै गएको सुन आज भारी मूल्यले वृद्धि भएको हो।

सुनको मूल्य बढेसँगै चाँदीको भाउ पनि वृद्धि भएको छ। आज चाँदी तोलाको १९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

बुधबार प्रतितोला चाँदीको मूल्य १८ सय ३५ रुपैयाँमा कारोबार भएको थियो।

प्रकाशित मिति : २०८१ चैत्र २८ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *