२०८३ जेष्ठ ३१ गते आइतवार

नमस्ते राप्ती प्राली त्यागेर त्रिशिद्धेश्वरी राप्ती यातयात प्रालीमा किन आए ३५ गाडि धनी ?

दाङ,असार १६ । नमस्ते राप्ती प्राली छोडेर ३५ जना गाडी धनीहरु त्रिशिद्धेश्वरी राप्ती यातयात प्राली गएका छन् । त्रिशिद्धेश्वरी राप्ती यातयात प्राली पुरानो राप्ती सार्वजनिक बस व्यवसायी समितिको रुपमान्तरित रुप हो । जेठ १३ गते पुरानो राप्ती सार्वजनिक बस व्यवसायी समिति त्रिशिद्धेश्वरी राप्ती यातयात प्रालीको नाममा दर्ता भइसकेको छ । राप्ती समितिकै रुपान्तरित रुप त्रिशिद्धेश्वरी राप्ती यातयात प्रालीमा नमस्ते राप्ती प्रालीका उपाध्यक्ष ओमकार वोहोरा, सचिव मुत्र्तिप्रसाद गौतम(शिवहरी),सदस्यहरु धनवहादुर वली,महेन्द्र खड्गी लगायत ३५ जना व्यवसायी फेरि मिसिन आएका छन् ।

त्रिशिद्धेश्वरी राप्ती यातयात प्रालीका अध्यक्ष तथा साउन १ गते देखि अस्तित्व समाप्त हुने भनिएको राप्ती सार्वजनिक बस व्यवसायी समितिका अध्यक्ष सुरेश हमालका अनुसार नमस्ते प्राली अन्तरगतका सल्यान रुटमा संचालन हुँदै आएका २५ बस, रोल्पाको होलेरी रुटमा संचालन हुँदै आएका ६ बस र दाङ काठमान्डौं संचालन हुँदै आएका ४ वटा बस सोमवारदेखि आफ्नो समितिमा समाहित हुन आएको जानकारी दिए । नमस्ते प्रालीका गाडीहरु समेत राप्ती समितिमा मिसिन आएपछि सोमवारदेखि बसको संख्या ठिक ६ सय पुगेको छ । अध्यक्ष हमालका अनुसार राप्ती समितिमा यसअघि ५ सय ७५ वटा बसहरु थिए ।

यसैबीच नमस्ते राप्ती प्रालीका पूर्व सचिव मुक्तिप्रसाद गौतम(शिवहरी) ले व्यवसायिक सुरक्षाको लागि आँफुहरु साउन १ गतेदेखि प्रालीमा संचालन हुने राप्ती समिति मिसिएको जानकारी दिए । उनले प्रतिपर्धा बाट बसहरु संचालन गर्दा किस्ता तिर्नपनि मुस्किल पर्न थालेपछि कार्यगत एकताको लागि फर्किएको बताए ।

व्यवसयिक सुरुक्षा र हकहितका लागि कार्यगत एकता गर्नु आफुहरु बाध्य भएको सचिव गौतमले बताए । आँफुहरु प्रालीमा रहँदापनि समितिसंगको कार्यगत एकतामा सल्यान, तुलसीपुर–घोराही रुटमा डायल सिस्टम बाटै गाडीहरु संचालन गर्दै आएको हुँदा भविस्यमा त्यही रुपमा गाडी संचालन गर्न एकै ठाउँमा आएको उनले बताए ।

राज्यको नीतिलाई आँफुहरुले आत्मसाथ गर्ने बताएका उनले प्रतिपर्धावाट गाडी संचालन गर्दा गाडिधनी बर्बाद हुने तर्क गरे । गौतमले प्रालीको नाममा हुँदै आएको अस्वस्थ्य प्रतिपर्धा कायमै रहे गाडी धनि कहिलै माथि उठ्न नसक्ने दाबी गरे । राज्य अनेक बाहानामा यातायात व्यवसायी संग कर असुल्न उद्यत रहेको तर कुनै सुविधा नदिएको उनले गुनासो गरे ।

सिन्डिकेट अन्त्यगर्न भन्दै राज्यले देशभरका समितिहरु भंग गरेको हुँदा पुराना समितिहरु कम्पनी रजिष्टारको कार्यालय मार्फत प्रालीमा दर्ता भएर हालसम्म संचालन हुँदै आएका छन् । यद्यपी उनीहरुले साउन १ गते सम्म पुरानै समितिको नाममा संचालन हुन पाउने सुविधा पाएका छन् । पुरानो राप्ती समितिपनि जेठमा नै त्रिशिद्धेश्वरी राप्ती यातयात प्रालीको नाममा दर्ता भइसकेको छ । तरपनि त्यसका अध्यक्ष हमालले भने समिति नै भन्न र लेख्न आग्रह गरे । साउन १ गतेसम्म समिति भन्न पाउन अधिकार कायमै रहेको हुँदा त्यो मितिसम्म समिति नै लेख्न अध्यक्ष हमालले आग्रह गरे ।

प्रालीका दर्ता भएको महिना दिन वितिसक्दा समेत राप्ती समितिले अझैंपनि बस तथा काउन्टरमा कतैपनि प्राली लेखेको छैन । अध्यक्ष हमालले प्रालीमा दर्ता हुँदा ११ सदस्य पदाधिकारीको नाममा बसहरु दर्ता भएको जानकारी दिए । अरु जम्मै ५ सय ७५ गाडी धनिहरुलाई शेर सदस्य बनाइएको छ । अध्यक्ष हमालले अध्यक्ष लगाएत सबै पदाधिकारी कायमै रहने तथा कर्मचारीपनि कसैलाई नहटाउने जानकारी दिए । सरकारले यसअघि समितिको सबै चल अचल सम्पत्ति राष्ट्रिय करण हुने तथा पदाधिकारी र कर्मचारी समेत भंग गरिने बताउँदै आएको भएपनि त्यो नहटाउने सहमति भएको छ ।

प्रकाशित मिति : २०७६ असार १६ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *