२०८३ बैशाख १९ गते शनिवार

तुलसीपुर खानेपानी निर्वाचन –३००० मत गन्दा काँग्रेसका यमकान्त भण्डारी एमालेका मनोज लामिछाने भन्दा ७१० मतले अगाडि

कोषाध्यक्षमा भोलाप्रशाद थापा निकटतम प्रतिष्पर्धी भन्दा दोब्बर मतान्तरले अघि

तुलसीपुर, चैत ३ । तुलसीर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको पछिल्लो मत परिणाम सार्वजनिक भएको छ । तीन हजार मत गणना गरि सक्दा नेपाली काँग्रेसका सबै उम्मेदवारहरुले निरन्तर लिड गरि रहेका छन् ।


नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार यमकान्त भण्डारी तीन हजार मत गनेर सक्दा निकटतम प्रतिष्पर्धा भन्दा २६६ मतान्तरले अघि छन् ।


अध्यक्ष पदका उम्मेदवार मध्य काँग्रेसका भण्डारीले १३३२ मत प्राप्त गरि निरन्तर लिड गरि रहेका छन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा माओबादी केन्द्रका उम्मेदवार सिताराम शर्माले १०६६ मत प्राप्त गरेका छन् ।

भण्डारी शर्मा भन्दा २६६ मतान्तरले अगाडि छन् । त्यस्तै अर्का नेकपा एमालेका अध्यक्ष पदका उम्मेदवार मनोज लामिछानेले हालसम्म ६२२ मत प्राप्त गरेका छन् । भण्डारी लामिछाने भन्दा ७१० मतले अगाडि पुगेका छन् ।

खानेपानीको उपाध्यक्ष पदमा नेपाली काँग्रेसकै उम्मेदवार नारायणप्रशाद शर्माले पनि निरन्तर मतान्तर बढाउँदै लगेका छन् । उपाध्यक्ष शर्माले १३५५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिष्पर्धी राप्रपाका लक्ष्मण केसी ८८५ र माओबादी प्यानल बाट चुनाब लडेका दुर्गाप्रशाद भण्डारीले ५६९ मत प्राप्त गरेका छन् ।
काँग्रेसका शर्मा निकटतम प्रतिष्पर्धी राप्रपाका केसी भन्दा ४७० मतले अघि पुगेका छन् भने माओबादी प्यानका भण्डारी भन्दा ७८६ मतले अघि छन् ।

त्यस्तै सचिव पदमा पनि नेपाली काँग्रेसकै उम्मेदवारको अग्रता छ । काँग्रेसका उम्मेदवार रञ्जनकुमार शर्माले तीन हजार मत गन्दा ११७८मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका सचिव पदका उम्मेदवार भुवन भुसालले १०८६ मत प्राप्त गरेका छन् भने सचिव पदका अर्का उम्ेमदवार माओबादी केन्द्रका रुद्रबहादुर वलीले ४७२ मत प्राप्त गरेका छन् ।

सचिव पदमा काँग्रेसका शर्मा एमालेका भुसाल भन्दा ९२ मतान्तरले र माओबादीका वली भन्दा ७०६ मतान्तरले अघि छन् ।

त्यस्तै कोषाध्यक्ष पदमा पनि काँग्रेसकै भोला थापा विशाल मतान्तरले अगाडि बढी रहेका छन् । सुरुदेखि नै प्रतिष्पर्धी भन्दा अग्रता बढाउँदै लगेका थापाले हालसम्म सबै भन्दा बढी १४७८ मत प्राप्त गरेका छन् ।


सचिव पदमा एमालेकी सुशिला न्यौंपानेले ७६० र माओबादीका कर्णबहादुर वलीले ५३९ मत प्राप्त गरेका छन् । थापा निकटतम प्रतिष्पर्धी न्यौंपाने भन्दा ७१८ मतान्तरले अघि पुगेका छन् भने माओबादीका वली भन्दा ९३९ मतले अघि छन् ।

सदस्यहरु ३००० मत गणना हुँदा महिला सदस्य तर्फ पनि हालसम्म नेपाली काँग्रेसकै उम्मेदवारको अग्रता कायमै राखेका छन् ।
लुमा बुढा मगरले ११५३, सुष्मा अधिकारीले १२१८ र शारदी सार्कीले ९६६ मत प्राप्त गरेका छन् ।
खुल्ला सदस्य तर्फपनि नेपाली काँग्रेसकै प्रमोदकुमार योगी (शरद) २७९ र बुद्धिराम चौधरी २५७ मत प्राप्त गरेका छन् ।


रातिदेखि मतगणना जारी छ । प्रतिष्पर्धात्मक रुपमा कम मत प्राप्त गरे पनि सार्की अन्य दलका निकटतम प्रतिष्पर्धी भन्दा २२२ मतान्तले अगाडि छिन् ।


त्यस्तै खुल्ला सदस्य तर्फ प्रमोद योगी (शरद)ले ११४४ र बुद्धिराम चौधरीले ९८४ मत प्राप्त गरेका छन् ।

योगी र चौधरी दुबै नेपाली काँग्रेसकै उम्मेदवार हुन । तुलनात्मक रुपमा केही कम मत प्राप्त गरेका चौधरीपनि अन्य दलका उम्मेदवार तथा निकटतम प्रतिष्पर्धी भन्दा २७६ मतले अघि छन् ।

शनिबार तुलसीपुर खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको निर्वाचनमा ७ हजार एक सय ८२ मत खसेको थियो । खानेपानी संस्थामा १० हजार ९ सय १९ जना मतदाता थिए ।
निर्वाचनमा ३ हजार ७ सय २१ जना मतदाता उपस्थित भएनन् ।

प्रकाशित मिति : २०८१ चैत्र ३ गते आइतवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *