
झुपु बुढा क्षत्री,
हापुरे,असार १४ । श्रीगाउँमा भएको जीप दुर्घटनामा चालकको मृत्यु भएको छ । दंगिशरण गाउँपालिका वडा नं. ७ रचपल निवासी २९ बर्षीय डिल्लीबहादुर वलीको मृत्यु भएको छ । शान्तिनगरको रगैंचादेखि तुलसीपुरतर्फ आउँदै गरेको रा १ ज ४३६ नम्वरको जीप शनिवार विहान पौने ९ बजेतिर दंगिशरण ७ श्रीगाउँमा अनियन्त्रित भएर सडकमै पल्टिएको थियो ।
घाइते चालक वलीलाई राप्ती प्रादेशिक अस्पताल ल्याउना साथ चिकित्सकले मृत घोषणा गरेको अर्का एकजना चालक अम्मर खड्काले जानकारी दिए । जीपमा जम्मा ४ जना मात्रै सवार थिए । उनीहरु सबै घर परिवारका सदस्यहरु मात्रै रहेको खुल्न आएको छ । जीपमा सवार अन्य सबैको अवस्था भने सामान्ने रहेको प्रहरीले बताएको छ ।
ईलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार चालक वलीले छोरालाई जोगाउन बाहिर फालेर आँफुले पनि हाम फाल्ने क्रममा जीपले च्यापेका कारण मृत्यु भएको जानकारी दिएको छ । उनका छोराको अवस्था भने सामान्ने छ । दुर्घटनाको कारण भने खुल्न नसकेको प्रहरीले बताएको छ ।
