२०८३ असार ७ गते आइतवार

लमहीमापनि सुरु भयो प्रधानमन्त्री रोजगार कार्यक्रम


शिवु खनाल,
देउखुरी, १४ असार । लमही नगरपालिकाले पनि प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु गरेको छ । कार्यक्रमका लागि असार मसान्त सम्मको लागि यहाँ ३९ लाख बजेट संघीय सरकारले पठाएको छ ।

उक्त बजेट मध्य ७० प्रतिशत कामदारको ज्याला, ३ प्रतिशत औजार खरिद , १ प्रतिशत कन्टिन्जेन्सीमा खर्च गर्ने गरी बजेट बाँडफाँड गरिएको लमही नगरपालिका रोजगार संयोजक सरद पुरीले जानकारी दिए ।

हालसम्म नगरका वडा नं. ५ र ८ मा मात्रै कार्यक्रम लागु भएको छ । जहाँ २ सय ७० जनालाई रोजगार दिने र दैनिक दिनमा ८ घण्टा काम गर्नुपर्ने प्रावधान रहेको छ ।

प्रकाशित मिति : २०७६ असार १४ गते शनिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *