२०८३ असार २ गते मङ्गलवार

गर्भवती महिलाहरुलाई नियमित चेकजाँच गर्न सुझाव


तुलसीपुर, असार ३ ।
तुलसीपुर उपमहानगरपालिका ११ नम्वर वडाको कार्यालयको आयोजना तथा सुआहाराको प्राविधिक सहयोगमा मंगलबारदेखि सुनौलो हजार दिनका आमाहरुका लागि मातृत्व तथा बाल स्वास्थ्यसम्बन्धी अभिमुखीकरण कार्यक्रम शुरु भएको छ ।

वडा अध्यक्ष चित्रबहादुर वलीको अध्यक्षता एवं सुआहाराका मातृशिशु तथा जेसी कार्यक्रम अधिकृत आनन्द कर्णको प्रमुख आतिथ्यतामा वडा कार्यालयको सभाहलमा भएको अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथि कर्णले हजार दिनका आमाहरुले खानपान, स्वास्थ्य जाँच, स्तनपान, थप खाना, परिवार नियोजनलगायतका विषयमा जानकारी गराएका थिए ।

वडा नम्वर ११ का गर्भवती भएको ४ देखि ६ महिना बीचका गर्भवती आमाहरुको सहभागिता रहेको कार्यक्रममा बोल्ने वक्ताहरुले गर्भवती महिलाहरुले नियमित चेकजाँचमा ध्यान दिनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा वडा सदस्यहरु निर्मा चौधरी, खिमा कुमारी विक, वडा सचिव भुवनेश्वर अधिकारी, सुआहाराका हिरा डाँगीलगायतले गर्भवती महिलाहरु र शिशुहरुको स्वास्थ्यका लागि जनचेतनामूलक कार्यक्रमहरु निरन्तर सञ्चालन गर्नुपर्ने सुझाव दिएका थिए । कार्यक्रमको सहजीकरण सुआहाराका फिल्ड सुपरभाईजर कल्पना चौधरीले गरेकी थिइन् ।

प्रकाशित मिति : २०७६ असार ३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *