
दाङ, असार ३। राजपुरमा एक जेष्ट नागरिक मृत अवस्थामा फेला परेका छन् । गाउँपालिकाको वडा नं. ३ प्रतापपुर निवासी अन्दाजी ७६ बर्षीय ऋषिराम कुवँर मृत अवस्थामा फेला परेको प्रहरीले जानकारी दिएको छ । प्रहरीका अनुसार कुवँर गत जेठ २६ गते दिउँसो हराएका थिए ।
उनको शव सोमवार दिउँसो घरदेखि झन्डै चार किलोमिटरको दुरीमा रहेको शिव सामुदायिक वनमा सडे गलेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । कुवँरको कपडा, चप्पल र साथमा फेला परेको बञ्चरोको आधारमा पहिचान भएको थियो ।
प्रकाशित मिति : २०७६ असार ३ गते मङ्गलवार