२०८३ असार ७ गते आइतवार

स्थानीयलाई व्यावसायिक बनाउन होमस्टे तालिम : मेयर केसी

शिवु खनाल,
देउखुरी, असार २ । लमही नगरपालिका वडा नम्बर ७ वनघुस्री निवासी छोट्कनिया चौधरीले सामुदायिक थारु संस्कृति होमस्टे संचालन सम्बन्धि तिन दिने अभिमुखिकरण तालिमको उपयोगीमुलक रहेको बताए । पिछडिएका थारु समुदायहरु लाई पछिल्लो पटक लमही नगरपालिकाले धरै राम्रो बाटो देखाएको छ, चौधरीले भने,– स्थानिय जनप्रतिनिधि आएपछि थारु समुदायको संस्कृतीहरुको जगेर्ना गर्नको लागी र थारु समुदायहरुको लागी विभिन्न शिर्षकमा राम्रा राम्रा कार्यक्रमहरु संचालन गरि व्यवसाय तिर लमही नगरपालिकाले डो¥याएको बताए ।

लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीले होमस्टेले स्थानीयलाई रोजगारी सिर्जना गर्नुका साथै आर्थिक रुपमा आत्मनिर्भर बनाउन सहयोग पु¥याउने बताए । नगर प्रमुख केसीले होमस्टे सञ्चालनले आन्तरिक तथा बाह्य पर्यटन प्रबर्द्धनमा थप टेवा पुग्ने बताउँदै आर्थिक रुपमा आत्मनिर्भर बन्न उद्यमसिलमैत्री बन्नुपर्ने कुरामा जोड दिए ।

यस्तै नगर प्रमुख केसीले पर्यटकीयस्थल वनघुस्रीमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर होमस्टेमार्फत् स्थानीयवासीलाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन तालिमको आयोजना गरिएको बताए ।

सामुदायिक थारु संस्कृति होमस्टे संचालन सम्बन्धि तिन दिने अभिमुखिकरण तालिमको आईतवार एक कार्यक्रमका बिच समापन गरिएको छ । होमस्टे संचालन उपभोक्ता समिति लमही नगरपालिका वडा नम्बर ७ वनघुस्रीका अध्यक्ष प्रेमलाल चौधरीको अध्यक्षता र लमही नगरपालिका नगर प्रमुख कुलबहादुर केसीको प्रमुख अतिथिमा लमही नगरपालिका उप–प्रमुख देबका बेल्वासे, प्रमुख प्रशासकीय अधिकृत गेहेन्द्रबहादुर डाँगि, वडासदस्य केदार चौधरी, लगाएतले मन्तब्य राखेका थिए ।

नेपाल टुरिजम बोर्ड तथा तालिमका प्रशिक्षक पशुपति शर्मा तालिमको प्रशिक्षक रहेका थिए । कार्यक्रमको सहजिकरण लमही नगरपालिका योजना शाखा प्रमुख पुष्पराज अधिकारीले गरेका थिए । तालिममा ५५ जना प्रशिक्षर्थीहरुको सहभागिता रहेको थियो ।

लमही नगरपालिकाको आर्थिक सहयोगमा र लमही नगरपालिका वडा नम्बर ७ वनघुस्री होमस्टे संचालन उपभोक्ता समिति आयोजनमा लमही नगरपालिकामा पहिलो पटक उक्त तालिम सुरु गरिएको थियो ।

 

प्रकाशित मिति : २०७६ असार २ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *