
दाङ, असार १ । प्रेस काउन्सिल नेपालका पुर्व अध्यक्ष तथा अग्रज पत्रकार नारायण प्रसाद शर्माले वर्तमान सरकारले ल्याएको मिडिया विधेयक स्विकार्य नभएको बताएका छन् । रिपोटर्स क्लव नेपाल दाङले आइतवार घोराहीको एक होटलमा आयोजना गरेको साक्षातकार कार्यक्रममा पुर्व अध्यक्ष शर्माले संचार क्षेत्रलाई नियन्त्रण गर्न खोज्ने मिडिया विधेयक तत्काल फिर्ता लिन सरकारलाई आग्रह गरे ।
विधेयक मिडिया नियन्त्रणको मनसायले आएको हुँदा त्यसको विरोध गर्न उनले आग्रह गरे । उनले संचारकर्मी जहिलेपनि प्रतिपक्षिको भुमिकामा हुने बताए ।
कार्यक्रममा पत्रकार महासंघ दाङका पुर्व अध्यक्ष टिकाराम रेग्मीले विधेयक दुर्गनै दुर्गुनले भरिएको हुँदा मिडिया विधेयक खारेजगर्नुपर्ने बताए । ३२ दफाले भरिएको विधेकमाअधिकांश दफाहरु नियन्त्रणकारी रहेको उनले दावी गरे । उनले मिडिया विधेयक खारेजगरी प्रेस काउन्सिल विधेयक ल्याउन पनि सरकारलाई सुझाव दिए ।
कार्यक्रममा स्वतन्त्रता सेनानी सुशील गौतमले मिडिया काउन्सिल विधेयकलाई सरकारले थेग्न नसक्ने बताए । ‘प्रेसलाइ जहिलेपनि कार्यपलिकाको डण्डाबाट टाढा राख्नुपर्दछ, गलत गर्ने पत्रकारलाई कारवाही गर्ने तअन्य कानुनपनि छन’्, गौतमले भने ।
त्यस्तै नेपाल पत्रकार महासंघ दाङ शाखका पूर्व अध्यक्ष केबी मसालले मिडिया काउन्सिल विधेयक स्वतन्त्र प्रेसका पक्षमा नरहेको हुँदा यसको विरोध हुनुपर्ने बताए । कार्यक्रममा महासंघ दाङका पुर्व अध्यक्ष प्रताप रेग्मीले नेपालको संघीय संविधानले नै पुर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टि गरेको अवस्थामा फेरि संचार जगतलाई अंकुश लगाउन खोज्ने विधेयक ल्याउन गतल भएको तर्क गरे ।
नेपाल रिपोटर्स क्लव दाङ शाखा अध्यक्ष शरद रेग्मीको अध्यक्षतामा भएको कार्यक्रमको सहजीकरण क्लवका महासचिव विमल गौतमले गरेका थिए ।