२०८३ कार्तिक २३ गते आइतवार

सरकारका सय दिने उपलब्धी सार्वजनिक गर्दै प्रधानमन्त्री केपी शर्मा ओली


काठमाडौँ,कार्तिक ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार सरकारका सय दिने उपलब्धी सार्वजनिक गर्दैछन्।

ओलीले आज दिउँसो २ बजे प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय सिंहदरबारबा आफू नेतृत्वको सरकारको सय दिने उपलब्धी सार्वजनिक गर्न लागेको सचिवालयले जनाएको छ।

गत असार ३० गते प्रधानमन्त्रीमा नियुक्त भएका ओलीले आज आफू प्रधानमन्त्री भएयताका उपलब्धी, कार्य र आगामी कार्ययोजना प्रस्तुत गर्नेछन्।

सोअघि प्रधानमन्त्री ओलीले सत्तारुढ दलहरूको बैठक आह्वान गरेका छन्।

सोही विषयसँगै समसामयिक राजनीतिक परिस्थितिबारे छलफलका लागि प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेगरी ओलीले आज बिहान ९ बजेका लागि बैठक आह्वान गरेका हुन्।

प्रकाशित मिति : २०८१ कार्तिक ७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *