२०८३ बैशाख १४ गते सोमवार

कांग्रेस केन्द्रीय समिति बैठक बस्दै


दाङ,भदौ ७ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ।

गत साउन २३ गतेदेखि सुरु भएर २८ गतेदेखि रोकिएको समितिको बैठक आज बस्न लागेको हो। बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ ।

अधिकांश केन्द्रीय सदस्यले आफ्ना धारणा राखिसकेकाले आज पूर्व र वर्तमान पदाधिकारीहरुले धारणा राख्ने नेपाली कांग्रेसले जनाएको छ।

महामन्त्री गगन थापाले छलफलका लागि प्रस्तुत गरेका ११ एजेण्डाका अतिरिक्त परिमार्जनसहित पेश भएका महासमिति बैठकका प्रतिवेदन माथि पनि बैठकमा छलफल भएको छ।

उपसभापति पूर्णबहादुर खड्काले पेश गरेको नीति प्रतिवेदन, महामन्त्री गगन थापाले राखेको सांगठनिक र अर्का महामन्त्री विश्व प्रकाश शर्माले राखेको समसामयिक प्रतिवेदन माथि छलफल केन्द्रित हुने कांग्रेसले जनाएको छ।

प्रकाशित मिति : २०८१ भाद्र ७ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *