तुलसीपुर , बैशाख ३० । तुलसीपुर उद्योग बाणिज्य संघको नयाँ नेतृत्व चुन्नका लागि शनिबार भएको निर्वाचनको मतगणना जारी छ ।
आइतबार बेलुकी ६ बजेतिर प्राप्त परिनाम अनुसार १५१५ मत गणना गरि सक्दा नेपाली काँग्रेसका अध्यक्ष पदका उम्मेदवार बिनिल केसी आफ्ना प्रतिष्पर्धी भन्दा १२० मतले अघि छन् ।
बिनिल केसीले ८०० मत प्राप्त गरेका छन् भने गठबन्धनका उम्मेदवार ललितजंग शाहले ६८० मत प्राप्त गरेका छन् । बिनिलले क्रमिक रुपमा ललितसंगको मतान्तरण फराकिलो पार्दै लगेका छन् ।
काँग्रेसबाट टिकट नपाएपछि रुष्ट बनेका शाह बिद्रोह गरि नेकपा एमाले, नेकपा माओबादी केन्द्र लगाएतका दलहरु संग गठबन्धन गरि प्यानलसहित प्रतिष्पर्धामा होमिएका थिए ।
शनिबार करिब मध्य रातिबाट सुरु मत गणना सुरु भएको थियो । निर्वाचन समितिका संयोजक प्रबिण लम्सालले पछिल्लो बिबरण अनुसार २९५३ मत खसेको थियो । यो विबरण अनुसार अझैं करिब आधा जति मत गणना हुन बाँकी नै छ ।
तुलसीपुर उद्योग बाणिज्य संघमा कुल ३४७१ मतदाता थिए ।
