२०८३ साउन १७ गते आइतवार

शुक्रबार तोलामा २ दुई हजार ३ सयले बढ्यो सुनको मूल्य


काठमाडौं ,बैशाख २८ । स्थानीय बजारमा आज पहेँलो धातुको मूल्य तोलामा रु दुई हजार तीन सयले वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, छापावाला सुन बिहीबार प्रतितोला रु एक लाख ३५ हजार छ सयमा कारोबार भएको थियो ।

आजका लागि भने छापावाला सुन तोलामा रु एक लाख ३७ हजार नौ सय बराबरको मूल्य निर्धारण भएको छ ।

त्यस्तै, तेजाबी सुन बिहीबार प्रतितोला रु एक लाख ३४ हजार नौ सय ५० मा कारोबार भएको थियो । आजका लागि भने तेजाबी सुन रु एक लाख ३७ हजार दुई सय ५० निर्धारण भएको छ ।

यसैगरी, चाँदी भने तोलामा रु ५० ले बृद्धि भएको छ । बिहिबार प्रतितोला रु एक हजार छ सय ८५ मा कारोबार भएकामा आजका लागि भने एक हजार सात सय ३५ निर्धारण भएको जनाइएको छ ।

प्रकाशित मिति : २०८१ बैशाख २८ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *