२०८३ असोज ६ गते मङ्गलवार

सुनको मुल्य एकै दिन तोलामा २७ सय घट्यो

काठमाडौं,बैशाख १९ । सुनको मूल्यमा आज (बुधबार) उच्च गिरावट आएको छ।

मंगलबार स्थिर रहेको सुनको मूल्य आज तोलामा २ हजार ७ सयले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

आज छापावाल सुनको मूल्य १ लाख ३४ हजार ५ सय निर्धारण भएको छ। हिजो छापावाल सुन १ लाख ३७ हजार २ सयमा कारोबार भएको थियो।

आज तेजावी सुन एक लाख ३३ हजार ६५० मा कारोबार भइरहेको महासंघले जनाएको छ।

आज जाँदीको मूल्य पनि तोलमा २० रुपैयाँ घटेको छ। आज चाँदी १ हजार ६३० रुपैयाँमा कारोबार भइरहेको छ। हिजो चाँदीको मूल्य १ हजार ६ सय ५० रुपैयाँ थियो।

प्रकाशित मिति : २०८१ बैशाख १९ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *