२०८३ असार ६ गते शनिवार

टिप्परको ठक्करबाट नवलपरासीमा एक जना महिलाको घटना स्थलमै मृत्यु


नवलपरासी, जेठ १५  । मंगलबार साँझ पूर्वी नवलपरासीको गैडाकोट नगरपालिका १३ बेल्डिया चोक निर टिप्परको ठक्करबाट एक जना महिलाको घटना स्थलमै निधन भएको छ । नारायणगढबाट कावासोती आउँदै गरेको ना ४ ख ८२५१ नम्बरको टिप्परको ठक्करबाट बेल्डियाका ६५ बर्षीया महिला चन्द्रा गौतमको घटना स्थलमै निधन भएको हो । गैडाकोट प्रहरीका अनुसार टिप्परले पैदल यात्रीलाई ठक्कर दिएको हो । दुर्घटना पछि आक्रोशित बासिन्दाले झण्डै ४० मिनेट सडक अवरुद्ध गरेका थिए ।

टिप्पर र टिप्पर चालकलाई गैडाकोट प्रहरीले नियन्त्रणमा लिएपछि अवरुद्ध सडक खुलेको हो । पछिल्लो समय देश भर टिप्परका कारण हुने दुर्घटनामा अचानक वृद्धि भएको छ । यो समय खोला खुल्ने समय रहेको र टिप्परले तीव्र गतिमा नदीजन्य वस्तु ढुवानी गर्ने हुँदा यस्ता घटना अहिले बढ्ने गरेको हो ।

 

प्रकाशित मिति : २०७६ जेष्ठ १५ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *