दाङ, चैत ४ । भारतबाट भन्सार छली नेपाल भित्र्याउँदै गरेको अवस्थामा लाखौं मूल्य बराबरका कुखुराका चल्ला प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतबाट भन्सार छलेर नेपाल तर्फ ल्याउँदै गरिएका ५९ पेटीमा पाँच हजार नौं सय वटा कुखुराको चल्ला बरामद गरेको गरेको हो ।
नेपालगञ्ज उपमहानगरपालिका–२० राँझा, वडा नं १८, भुजइगाउँ र डुडुवा गाउँपालिको वडा नं ६, हिरमिनियामा चेकजाँच गर्ने क्रममा भारतबाट भन्सार छलेर ल्याउँदै गरेका ती कुखुराका चल्ला शनिबार नियन्त्रणमा लिइएको जिल्ला प्रहरी प्रमुख एसपी सुवाशचन्द्र बोहराले जानकारी दिए ।
झन्डै १२ लाख ४० हजार मूल्य बराबरका चल्ला नियन्त्रण पछि आवश्यक कारबाहीका लागि पशु क्वारेन्टाइन कार्यालय नेपालगंजमा पठाइएको एसपी बोहराले बताए ।
ती कुखुराका चल्लाहरु अटोरिक्सामा नेपाल ल्याउँदै गरेको अवस्थामा फेला परेको र मानिसलाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।
