२०८३ बैशाख १४ गते सोमवार

मन्त्री फेरबदलमा कांग्रेस वाधक नबन्ने


काठमाडौँ, पुस १३। नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बिहीबार देखि सुरु भएको छ ।

पार्टी मुख्यालय सानेपामा सुरु भएको बैठकमा राष्ट्रिय सभाको आगामी निर्वाचन, महासमिति बैठक र सरकारको कामकारवाही लगायतका विषयमाथि नेताहरुले आफ्ना धारणा राखेका छन।

केन्द्रीय सदस्यहरुको बोल्ने क्रम शुक्रबार पनि जारी रहने छ । बैठकमा धारणा राख्ने अधिकांश केन्द्रीय सदस्यले गठबन्धन सरकारको कामकारवाहीप्रति असन्तुष्टी जनाएका छन् ।

पार्टी मुख्यालय सानेपामा सुरु भएको बैठकमा बोल्ने अधिकांस नेताहरुले सरकारले राम्रो काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरेका छन ।

प्रधानमन्त्री पुष्पकम दाहाल प्रचण्ड नेतृत्वमा सरकार गठन भएको ठिक एक वर्ष पुगेको भोलिपल्टै बसेको बैठकमा मन्त्रीपरिषदका सदस्य फेरवदलसम्मको आवाज पनि उठेको छ ।

प्रधानमन्त्रीले नै मन्त्रीहरुको काम कारवाहीप्रति कटाक्ष गरेको प्रसंगमा पार्टीको प्रतिनिधित्व गर्दै सरकारमा सहभागी मन्त्रीहरु फेरवदल गर्नुपर्ने अवस्थामा कांग्रेस वाधक बन्न नहुने धारणा अधिकांशको छ ।

बैठक राष्ट्रिय सभा सदस्य निर्वाचन महासमिति बैठक र पार्टीबाट सरकारमा प्रतिनिधित्व गर्ने मन्त्रीहरुको कार्यसम्पादनमाथि समीक्षा गर्ने मुख्य एजेन्डा राखेर बैठक बोलाएको हो ।

मन्त्रीको काम कारवाहीबाट स्वयम् प्रधानमन्त्री नै असन्तुष्ट देखिएकाले उनले चाहेको खण्डमा मन्त्रीमण्डल फेरवदल गरेपनि त्यसमा कांग्रेस बाधक नहुने प्रचार विभाग प्रमुख मिन विश्वकर्माको भनाइ छ ।

त्यस्तै, भ्रष्टाचारका हरेक काण्डमा कांग्रेस संरक्षक भएको जस्तो सन्देश जान थालेको भन्दै त्यसको प्रतिवाद नेतृत्वतहबाटै हुनुपर्नेमा नेताहरुले जोड दिएका छन् । पार्टी सरकारमा भएको अनुभूतिसमेत गर्न नपाएको अधिकांश नेताहरुको गुनासो छ ।

तीन दिनसम्म चल्ने कार्यतालिका रहेको पहिलोदिनको बैठकमा दुई दर्जन केन्द्रीय सदस्यहरुले आफ्ना धारणा राखेका छन् ।

प्रकाशित मिति : २०८० पुष १३ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *