२०८३ कार्तिक १३ गते बिहिवार

सुनको मुल्य तोलामा ५ हजार ६०० रुपैयाँ घट्यो

काठमाडौं ,मंसिर २७। नौ दिनमै सुनको भाउ प्रतितोला ५ हजार ६०० रुपैयाँ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंसिर १८ गतेयता सुन प्रतितोला ५ हजार ६०० रुपैयाँ घटेको हो ।

मंसिर १८ गते छापावाल सुन प्रतितोला १ लाख २१ हजार ६ सय रुपैयाँ कायम भएको थियो । जुन मूल्य हालसम्मकै उच्च हो ।

त्यसयता निरन्तरजसो घटेको सुनको भाउ बुधबार प्रतितोला १ लाख १६ हजार रुपैयाँमा कायम भएको छ ।

बुधबारको यो मूल्य अघिल्लो दिनको तुलनामा ३०० रुपैयाँ कम हो । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य घट्दा नेपाली बजारमा पनि असर परिरहेको छ ।

त्यस्तै चाँदी प्रतितोला १ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्य अघिल्लो दिनको तुलनामा १० रुपैयाँ कम हो भने पुस १८ को अधिकतम मूल्यभन्दा १४५ रुपैयाँ कम हो ।

पुस १८ गते चाँदीको मूल्य हालसम्मकै उच्च प्रतितोला १ हजार ५४५ रुपैयाँ पुगेको थियो ।

प्रकाशित मिति : २०८० मङ्सिर २७ गते बुधवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *