तुलसीपुर,असोज ९ । दाङको तुलसीपुरमा स्तन क्यान्सरको सफल अप्रेशन भएको छ ।
तुलसीपुर स्थित नागरिक केयर अस्पतालमा स्तन क्यान्सरको सफल अप्रेशन भएको अस्पतालका सञ्चालक दया ज्ञवालीले बताए ।
उनका अनुसार दाङमा पहिलो पटक तुलसीपुरमा स्तन क्यान्सरको सफल अप्रेशन भएको हो । बरिष्ट स्तन क्यान्सर रोग बिशेषज्ञ डा.सञ्जय पाण्डेको टोलीले अप्रेशन सफल पारेको हो ।
भदौ २३ गते अप्रेशन भएको हो । डा. पाण्डे अब प्रत्येक महिनाको शनिबार नागरिक केयर हस्पिटलमा आउने भएका छन् ।
उनी लामो समय चितवन क्यान्सर अस्पतालमा कार्यरत थिए । सञ्चालक ज्ञवालीका अनुसार अब स्तन क्यान्सरकालागि चितवन जानु पर्दैन ।
तुलसीपुरमै सफल अप्रेशन हुने उनको भनाई छ । यस अघि चितवन जानु पर्ने अबस्था थियो ।
प्रकाशित मिति : २०८० असोज ९ गते मङ्गलवार