२०८३ बैशाख १२ गते शनिवार

महिला टी–२० विश्वकप एसिया छनोट ः मलेसियामाथि नेपालको रोमाञ्चक जित

काठमाडौं,भदौ १४ । बिहीबारबाट सुरु भएको आइसिसी महिला टी–२० विश्वकप एसिया क्षेत्र छनोटमा नेपालले आयोजक मलेसियामाथि ५ रनको रोमाञ्चक जित निकालेको छ।

मलेसियाको बायुमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपाली टिम निर्धारीत २० ओभरमा ६ विकेट गुमाएर ८४ रनमा समेटिएको थियो। जवाफमा मलेसिया ७९ रन मात्र जोड्न सफल हुँदा नेपालले रोमाञ्चक जित निकाल्यो।

नेपालले दिउको ८५ रनको लक्ष्य पछ्याएको मलेसिया निर्धारित २० ओभरमा ९ विकेट गुमाएर ७९ रनमा समेटियो। उसका लागि कप्तान विनीफ्रेड दुराइसिंघमले २८ रन बनाउँदा ओपनर एइना हमिजाले १४ रन बनाइन। त्यस्तै, मास एल्साले १० रन बनाएकी थिइन्। मलेसियाविरुद्ध कसिलो बलिङ गरेको नेपालका लागि कविता कुंवर र कविता जोशीले समान २(२ विकेट लिए। त्यस्तै रुविना क्षेत्री, अश्मिना कर्मचार्यको नाममा १(१ विकेट रह्यो।

त्यसअघि, पहिले ब्याटिङ गरेको नेपालले पनि खुलेर ब्याटिङ गर्न सकेको थिएन। नेपालका लागि सीता राना मगरले ३८ रन बनाउनु सर्वाधिक रह्यो। उनी बाहेक अप्सरी बेगमले १७ रन र रुविना क्षेत्रीले १२ रन बनाउनु थप दोहोरो रनको स्कोरका रुपमा रह्यो। नेपालविरुद्ध कसिलो बलिङ गरेको मलेसियाका लागि एइना हमिजाले २ विकेट लिँदा महिरा इज्जाती स्माइली, एइसा एलिसा र निक नुर एटिलाले समान १( १ विकेट लिए।

प्रतियोगिता समूह ‘ए’ मा रहेको नेपालले मलेसियासँग खेलेसँगै अब बहरान, भुटान, कतार र युएईसँग खेल्ने छ। समूह ‘बी’ मा चीन, हङकङ, थाईल्यान्ड, कुवेत र म्यानमार छन्। प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउनेछन् । फाइनलमा पुग्ने दुई टोलीले २०२४ मा हुने ग्लोबल टी(२० क्वालिफायर खेल्न पाउने छन्।

प्रकाशित मिति : २०८० भाद्र १४ गते बिहिवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *