काठमाडौँ,साउन ७ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् अर्थमन्त्री डा.प्रकाशशरण महतले देशको अर्थतन्त्र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बिगारेर छाडेको बताएका छन्।
पार्टी केन्द्रीय कार्यसमितिको बैठकमा आइतबार बोल्दै महतले नेपाली कांग्रेसको काँधमा अर्थतन्त्र सुधार्ने दायित्व आएको बताए।
‘खासगरी केपी ओलीजीको पालमा अर्थतन्त्रमा समस्या सुरु भयो। सुधार्ने दायित्व हाम्रो काँधमा आएको छ। अर्थतन्त्रमा समस्या छ’, उनले भने, ‘ओलीजीको शासनकालमा हाम्रो सरकारी तन्त्रमा मनपरी गरियो। जसरी श्रोत परिचालन गर्ने पद्धति सुरुवात गरियो। स्रोत सुनिश्चितताको नाममा १ करोडको बजेट राखेर १ अर्बको ठेक्का लगाइयो। ५ करोड बजेट राखेर ५ अर्बको ठेक्दा दियो। सले गर्दा भयानक ठूलो दायित्व अहिले आएको छ।’
उनले बडो अप्ठ्यारो स्थितिमा कांग्रेसको प्रतिनिधिका हिसाबले अर्थतन्त्र सुधार्ने दायित्व आफ्नो काँधमा आएको बताए।
उनले अहिले अर्थतन्त्र विस्तारै सकारात्मक दिशातिर उन्मुख भएको बताए। ‘बाह्य सञ्चिति ११ महिना आयात धान्ने छ।