२०८३ बैशाख १५ गते मङ्गलवार

नेतृत्व नसच्चिए पार्टीलाई गम्भिर क्षति पुग्ने चेतावनी

तुलसीपुर,जेठ २९ । पार्टी रुपान्तरणको अभियान सञ्‍चालन गरेका नेपाली कांग्रेस नेताहरूले नेतृत्वको चर्को आलोचना गरेका छन् ।

पार्टी सभापती शेरबहादुर देउवाको कार्यशैलीप्रति असन्तुष्टी पोख्दै उनीहरूले समयमै नेतृत्व नसच्चिए पार्टीलाई गम्भिर क्षति पुग्ने चेतावनी दिए ।

दाङमा भएको लुम्बिनी प्रदेशस्तरीय अन्तरक्रिया कार्यक्रममा लुम्बिनी प्रदेशस्तरीय अगुवा नेता तथा कार्यकर्ताहरूको सहभागी थियो ।

कार्यक्रममा रुपान्तरण अभियानका नेताहरूले पार्टी लोकतान्त्रिक विधि, पद्धति र प्रक्रियामा भन्दा पनि व्यक्तिको विचार र शैलीमा परिचालित हुँदै आइरहेको टिप्पणी गरेको कार्यक्रममा सहभागि कांग्रेस युवा नेता विष्णु पोखरेलले जानकारी दिए ।

सो अवसरमा नेपाली कांग्रेसका नेता तथा नेपाली कांग्रेस रुपान्तरण अभियानका अभियन्ता गुरुराज घिमिरेले पार्टी लोकतान्त्रिक विधि, विधान र मूल्य–मान्यतामा आधारित प्रजातान्त्रिक पार्टी भए पनि अहिले व्यक्तिवादी शैलीमा चल्दै आइरहेको टिप्पणी गरे ।

कांग्रेस नेता तथा संविधानसभा सदस्य जगदिश्वर नरसिंह केसीले नेपाली कांग्रेस पार्टी सिद्धान्त र विचारको मार्गदर्शनभन्दा बाहिर गई चल्न थालेको बताए ।

उनले त्यो परिस्थितिलाई सच्याई नयाँ रुपान्तरणको बाटो खोज्न आफूहरूले अभियान सञ्चालन गरेको उनको भनाइ थियो ।

कार्यक्रममा युवा नेता रन्जित कर्णले बीपीले जन्माएको नेपाली कांग्रेसमा विचौलियाहरू हाबी हुँदा कांग्रेस अहिले कांग्रेस नरहेको बताए ।

नेतृत्वकर्मीहरू पार्टी र कार्यकर्ताहरूको हितमा भन्दा पनि व्यक्ति हितमा रहेकाले अहिले पार्टी संरचना र संगठन सीमित व्यक्तिको हातमा पुगेको उनको ठहर थियो ।

नेपाली कांग्रेस लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनालको अध्यक्षता भएको कार्यक्रममा बिजुला बर्मा राना, लक्ष्मी पाण्डे लगायतले रुपान्तरण अभियानको आवश्यकता र औचित्य प्रस्ट्याएका थिए ।

कार्यक्रममा प्रदेशका १२ वटै जिल्लावाट अगुवा कार्यकर्ताहरूको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : २०८० जेष्ठ २९ गते सोमवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *