२०८३ बैशाख १५ गते मङ्गलवार

समाजवादी प्रेस संगठनको पहिलो महाधिवेशन सुरू

काठमाडौं ,जेठ २६ । नेकपा एकीकृत समाजवादीनिकट पत्रकारहरूको संगठन समाजवादी प्रेस संगठनको पहिलो केन्द्रीय महाधिवेशन सुरू भएको छ।

अर्पण बैंक्वेट बानेश्वरमा महाधिवेशनको उद्घाटन पार्टी अध्यक्ष माधव नेपालले गरे।

महाधिवेशनबाट संगठनको नयाँ नेतृत्व चयन हुने वरिष्ठ उपाध्यक्ष विश्वमणि सुवेदीले बताए । देशभरबाट प्रतिनिधि सहभागी भएको छन्।

यसअघि सचिवालय बैठकले २०८० वैशाख मसान्तभित्र सदस्यता अद्यावधिक गरिसकेका सदस्यलाई मात्र प्रथम अधिवेशनमा प्रतिनिधिका भाग लिन पाउने निर्णय गरेको थियो।

हाल यस संगठनको अध्यक्ष शम्भु श्रेष्ठ छन्। महाधिवेशन भोलिसम्म चल्ने बताइएको छ।

प्रकाशित मिति : २०८० जेष्ठ २६ गते शुक्रवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *