२०८३ बैशाख १५ गते मङ्गलवार

११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक अझै सुरू हुन सकेन

काठमाण्डौ ,जेठ २३ । मंगलबार बिहान ११ बजे बस्ने भनिएको प्रतिनिधि सभाको बैठक अझै सुरु हुन सकेको छैन।

प्रमुख प्रतिपक्षी दल एमाले र विपक्षी दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी र राप्रपाले विरोध गर्ने भएपछि ११ बजे बस्ने भनिएको प्रतिनिधिसभाको बैठक अझै सुरु हुन नसकेको हो।

बजेट निर्माणको प्रक्रियामा अनधिकृत रुपमा पूर्वनायब सुब्बालाई संलग्न गराइएको भन्दै एमाले राप्रपा र रास्वपाले विरोध जनाइरहेका छन्।

आजको बैठकमा सोमबारबाट सुरु भएको बजेटमाथि छलफलले निरन्तरता पाउने कार्यसूचि थियो।

प्रकाशित मिति : २०८० जेष्ठ २३ गते मङ्गलवार
प्रतिक्रिया दिनुहोस

Leave a Reply

Your email address will not be published. Required fields are marked *