तुलसीपुर,जेठ २२ । ‘प्लाष्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’भन्ने नाराका साथ सगरमाथा वालवाटिका इङलिस स्कुलले बृक्षारोपण तथा मन्दिर परिसर सरसफाइ कार्यक्रम गरेको छ।
विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीको अध्यक्षतामा, शिव मन्दिर ब्यबस्थापन समितीका अध्यक्ष बिनोद अधिकारीको प्रमुख आतिथ्यता र शिवशक्ति टोल बिकास समितिको अध्यक्ष बिक्रम खनालको बिशिस्ट आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रमका प्रमुख अतिथि अधिकारीले विद्यालयले यो विशेष दिनमा बिशेष कार्यक्रमको आयोजना गरेको भन्दै प्रसंसा गरे ।
सबै विद्यालयले विद्यार्थीहरुलाई मन्दिर परिसरमा लिएर बृक्षारोपण र सरसफाइ गर्नु सराहनीय कार्य रहेको बताए । जसले गर्दा विद्यार्थीहरु आध्यात्मिक तर्फ प्रेरित हुने र एउटा समृद्ध समाजको निर्माण हुने बताए ।
यसैगरी कार्यक्रमका बिशिष्ट अतिथि बिक्रम खनालले छोटो समयमा विद्यालयले विभिन्न कार्यक्रम गर्दै विद्यार्थी एबम अभिभावकहरुको मन जित्न सफल रहेको बताए ।
उनले जिवन उपयोगी शिक्षा प्रदान गर्नेमा अहिले सगरमाथा स्कुल अग्रसर भएको कुरा वताए ।
कार्यक्रमका अध्यक्ष एबम विद्यालयका प्रधानाध्यापक वलीले मन्दिरका अध्यक्ष बिनोद अधिकारीलाई सौजन्य स्वरुप डस्ट्विनहरु हस्तान्तरण गरेका थिए ।
त्यसैगरि मन्दिर परिसरमा रुद्राक्ष र स्वामिका बृक्षहरु रोपेको पनि जानकारी दिए ।
वातावरण दिवसको अवसरमा बृक्षारोपण गर्नुको मुख्य उदेश्य भावि सन्ततिहरुलाई प्रकृति– प्रेम सिकाउन र सुन्दर,सफा वातावरण निर्माण गर्न आजको कार्यक्रम आयोजना गरेको वताए ।
वलीले हरेक विध्यार्थीले आफ्नो जन्मदिनमा एउटा विरुवा रोपेर स्वच्छ वातावरण निर्माण गर्न आग्रह गरे ।
हरेक वर्ष ४०० विलियन टन प्लास्टिकहरु उत्पादन हुने गर्दाछ जसमध्ये ५० प्रतिशत प्लास्टिकहरु एक पटक मात्र प्रयोग गर्न वनाइएको हुन्छ।
यस अवस्थामा प्लास्टिक पदूषणले बिश्वलाई आक्रान्त गरिरहेको यस अवस्थामा बिश्व समुदायलाई यस वर्ष प्लाष्टिक प्रदुषण विरुद्ध एकजुट हुन वलीले आग्रह गरे ।
विद्यालयका संयोजक तिलक डाँगीको स्वागत मन्तव्य वाट सुरु भएको कार्यक्रम बिद्यालयका प्रोग्राम चिफ शरद शर्मा मज्गैयाले गरेका थिए ।