सुर्खेत,जेठ २१ । कर्णाली प्रदेश सरकारले आज नीति तथा कार्यक्रम ल्याउँदै छ ।
आर्थिक वर्ष २०८०/०८१ को नीति तथा कार्यक्रम आइतबार दिउँसो ३ बजे संसदमा प्रस्तुत गर्ने सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णबहादुर जिसीले जानकारी दिए ।
नीति तथा कार्यक्रम प्रदेश प्रमुख तिलक परियारले संसदमा प्रस्तुत गर्ने छन् ।
केही दिनअघि नै मन्त्रिपरिषद्ले नीति तथा कार्यक्रम पास गरिसकको छ ।
प्रकाशित मिति : २०८० जेष्ठ २१ गते आइतवार
